लण्डन । अमेरिकी अदालतमा यौन दुर्ब्यवहारसम्बन्धी मुद्दा खेपिरहेका बेलायती राजकुमार आन्ड्रयूको शाही जिम्मेवारी खोसिएको छ ।
बेलायती राजप्रासादले विहीबार अपराह्न सो कुराको पुष्टी गरेको छ ।
राजकुमार आन्ड्रयूले सम्हालिरहेको शाही जिम्मेवारी राजपरिवारका अन्य सदस्यहरुलाई बाँडिने र उनले नागरिकको हैसियतले उनीविरुद्ध लगाइएको मुद्दाको सामना गर्ने बताइएको छ ।
उनले राजपरिवारका सदस्यका रुपमा अब कुनै पनि समारोहमा भाग लिन पाउने छैनन् भने बेलायती सेनामा उनले पाएको ओहोदा पनि हटाइएको छ ।
‘ड्यूक अफ योर्क’को उपाधि पाएका राजकुमार आन्ड्रयूले आफ्ना सबै कार्यभार महारानीसमक्ष फिर्ता गरेको जनाइएको छ ।
बेलायती महारानीका माहिला छोरा राजकुमार आन्ड्रयूमाथि एक किशोरीले आफूमाथि यौन दुर्ब्यवहार गरिएको भनी अमेरिकामा मुद्दा दायर गरेकी छिन् । तर राजकुमार आन्ड्रयूले सो आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनले सो मुद्दालाई निस्प्रभावी बनाउन दिएको निवेदन बुधबार मात्र खारेज भएको थियो ।
मुद्दा लड्नका लागि आवश्यक खर्च जुटाउन उनले निजी पानीजहाज पनि यसै साता बेचेका छन् भने मुद्दाका निवेदकसित सहमतिमा मुद्दा मिलाउन विभिन्न प्रयास पनि गरिरहेका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’