लण्डन । अमेरिकी अदालतमा यौन दुर्ब्यवहारसम्बन्धी मुद्दा खेपिरहेका बेलायती राजकुमार आन्ड्रयूको शाही जिम्मेवारी खोसिएको छ ।
बेलायती राजप्रासादले विहीबार अपराह्न सो कुराको पुष्टी गरेको छ ।
राजकुमार आन्ड्रयूले सम्हालिरहेको शाही जिम्मेवारी राजपरिवारका अन्य सदस्यहरुलाई बाँडिने र उनले नागरिकको हैसियतले उनीविरुद्ध लगाइएको मुद्दाको सामना गर्ने बताइएको छ ।
उनले राजपरिवारका सदस्यका रुपमा अब कुनै पनि समारोहमा भाग लिन पाउने छैनन् भने बेलायती सेनामा उनले पाएको ओहोदा पनि हटाइएको छ ।
‘ड्यूक अफ योर्क’को उपाधि पाएका राजकुमार आन्ड्रयूले आफ्ना सबै कार्यभार महारानीसमक्ष फिर्ता गरेको जनाइएको छ ।
बेलायती महारानीका माहिला छोरा राजकुमार आन्ड्रयूमाथि एक किशोरीले आफूमाथि यौन दुर्ब्यवहार गरिएको भनी अमेरिकामा मुद्दा दायर गरेकी छिन् । तर राजकुमार आन्ड्रयूले सो आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनले सो मुद्दालाई निस्प्रभावी बनाउन दिएको निवेदन बुधबार मात्र खारेज भएको थियो ।
मुद्दा लड्नका लागि आवश्यक खर्च जुटाउन उनले निजी पानीजहाज पनि यसै साता बेचेका छन् भने मुद्दाका निवेदकसित सहमतिमा मुद्दा मिलाउन विभिन्न प्रयास पनि गरिरहेका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’