तनहुँ । बेलचौतारा तनहुँस्थित सोलार फार्म प्राईवेट लिमिटेडका पहिलो वार्षिक साधारण सभा फार्मका संस्थापक अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ ।
सो साधारणसभामा फार्मका कर्मचारीहरु, पदाधिकारीहरु, डाईरेक्टरहरु र लगभग ४५ जना सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । साधारण सभा बेलचौतारास्थित तमु समाजको हलमा भएको थियो ।
सोलार फार्मका सचिव राजन पाठकले सन्चालन गरेको वार्षिक साधारण सभामा सहभागी सबैको परिचयसहित साधारण सभाका बुँदाहरुमाथि छलफल गरिएको थियो ।
सन्चालक समितिका अध्यक्ष मोहन गुरुङको प्रतिवेदनपश्चात आर्थिक प्रत्तिवेदन, कम्पनीको अधिकृत पूँजी र चुक्ता पूँजीको अनुमोदन, लेखा परिक्षकको नियुक्ति र परिश्रमिक तोक्ने बारे, कम्पनीलाई खुला शेयर आव्हान (आईपीओ) अनुरुप प्राईवेट लिमिटेड कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण आदि बारेमा सौहार्दपूर्ण वातावरणमा छलफल गरी सबै बुँदाहरु अनुमोदन गरिएको थियो ।
अध्यक्ष मोहन गुरुङले अहिले पाँच मेगावाट बराबरको उर्जा उत्पादन गरेर नेपालकै पहिलो सोलार विधुत उत्पादन गर्ने फार्म बनेको कुरा बताएका छन भने अर्को वर्षको बजेट रिपोर्टमा सेयर सदस्यहरुलाई नाफा बाँड्ने जानकारी दिएका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’