लण्डन । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा सृजित स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न सेना परिचालन गरिएको छ ।
शुरुमा लण्डनका अस्पतालहरुमा सेनाका स्वास्थ्यकर्मी तथा अन्य सैनिकहरुले तीन साताका लागि जिम्मेवारी लिने छन् ।
बेलायतको रक्षा मन्त्रालयका अनुसार लण्डनमा ४० सैनिक स्वास्थ्यकर्मी र १६० सैनिकहरु परिचालन गरिएको छ । मन्त्रालयले यसबाट लण्डनमा देखिएको स्वास्थ्यकर्मी र कर्मचारी अभावमा सहयोग पुग्ने विश्वास लिएको छ ।
इङल्याण्डमा ओमिक्रोनको संक्रमणका कारण कर्मचारी र स्वास्थ्यकर्मीहरु अस्वस्थ बनेपछि अस्पतालहरुमा बिरामीको उपचारमा गम्भीर संकट देखिएको छ । इङल्याण्डका १७ वटा अस्पतालले विहीबार यस्तो संकट ब्यहोरिरहेको बताएका छन् ।
कोरोना महामारीका बेला यसअघि पनि बेलायतका लण्डनलगायत विभिन्न भागमा सेना परिचालन गरिएको थियो ।
रक्षा मन्त्री बेन वालेसले सेनाको ४० वटा पाँच जनाको टीम रहने र आवश्यकताअनुसार विभिन्न स्थानमा खटिने जानकारी दिएका छन् । हरेक टीममा एक जना स्वास्थ्यकर्मी रहने छन् भने बाँकी सैनिकहरु । सैनिक स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्नेछन् भने बाँकी सैनिकहरुले बिरामीको आगमन र दर्तामा सहयोग गर्ने, सामानहरुको स्टक मिलाउने लगायतका काम गर्नेछन् ।
बेलायतभर अहिले करिब १ हजार ८०० सेना एनएचएसलाई सहयोग गर्न खटिएको मन्त्रालयले जनाएको छ । जसमा ४०० भन्दा बढी पारामेडिक्स छन् भने कोरोना खोप अभियानमा १ हजार भन्दा बढी सेना खटिएका छन् ।
बेलायती सेनाको यस कार्यको बेलायतका जनता र स्वास्थ्यकर्मीले प्रसंशा गरेका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’