लण्डन । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा सृजित स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न सेना परिचालन गरिएको छ ।
शुरुमा लण्डनका अस्पतालहरुमा सेनाका स्वास्थ्यकर्मी तथा अन्य सैनिकहरुले तीन साताका लागि जिम्मेवारी लिने छन् ।
बेलायतको रक्षा मन्त्रालयका अनुसार लण्डनमा ४० सैनिक स्वास्थ्यकर्मी र १६० सैनिकहरु परिचालन गरिएको छ । मन्त्रालयले यसबाट लण्डनमा देखिएको स्वास्थ्यकर्मी र कर्मचारी अभावमा सहयोग पुग्ने विश्वास लिएको छ ।
इङल्याण्डमा ओमिक्रोनको संक्रमणका कारण कर्मचारी र स्वास्थ्यकर्मीहरु अस्वस्थ बनेपछि अस्पतालहरुमा बिरामीको उपचारमा गम्भीर संकट देखिएको छ । इङल्याण्डका १७ वटा अस्पतालले विहीबार यस्तो संकट ब्यहोरिरहेको बताएका छन् ।
कोरोना महामारीका बेला यसअघि पनि बेलायतका लण्डनलगायत विभिन्न भागमा सेना परिचालन गरिएको थियो ।
रक्षा मन्त्री बेन वालेसले सेनाको ४० वटा पाँच जनाको टीम रहने र आवश्यकताअनुसार विभिन्न स्थानमा खटिने जानकारी दिएका छन् । हरेक टीममा एक जना स्वास्थ्यकर्मी रहने छन् भने बाँकी सैनिकहरु । सैनिक स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्नेछन् भने बाँकी सैनिकहरुले बिरामीको आगमन र दर्तामा सहयोग गर्ने, सामानहरुको स्टक मिलाउने लगायतका काम गर्नेछन् ।
बेलायतभर अहिले करिब १ हजार ८०० सेना एनएचएसलाई सहयोग गर्न खटिएको मन्त्रालयले जनाएको छ । जसमा ४०० भन्दा बढी पारामेडिक्स छन् भने कोरोना खोप अभियानमा १ हजार भन्दा बढी सेना खटिएका छन् ।
बेलायती सेनाको यस कार्यको बेलायतका जनता र स्वास्थ्यकर्मीले प्रसंशा गरेका छन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त