लन्डन । बेलायतका चर्चित फोटोग्राफर तथा सन्चारकर्मी मिलन तमु गुरुङले नेपाली मौलिक चुट्का (कौह्रा) गीतहरुको संगालो ‘रोधीघर’ भाग ३ ल्याउने भएका छन् ।
रोधीघर भाग १ र २ को अपार सफलतापछि गीतकार एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशकसमेत रहेका तमु र गायक, संगीतकार तथा रचनाकार रामकुमार (आरके) गुरुङले तेस्रो भाग ल्याउने तयारी थालेका हुन् । नयाँ म्युजिक भिडियोको रेकर्डिङ र छायांकन नेपालमै हुने सर्जक तमुले जनाए ।
भूपू ब्रिटिस आर्मी तमु र आरके गुरुङले २०७५ सालमा रोधीघर भाग २ ल्याएका थिए । ‘पहिलो र दोस्रो भाग धेरैले मन पराउनुभयो । त्यसैले नयाँ भाग तयार गर्दैछौं,’ गीतकार तमुले भने ।
यसअघि नै रोधीघर भाग ३ ल्याउने तयारी भए पनि कोरोना भाइरस महामारीका कारण ढिला भएको तमुको भनाइ छ ।
नयाँ गीतमा पुरुष आवाज आरके गुरुङले दिनेछन् । महिला स्वरका लागि भ्वाइस अफ नेपाल तथा नेपाल आइडलमा जोडिएका कलाकारहरुसँग कुराकानी भइरहेकोले तमुले बताए ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन