लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको लागि प्रेस विज्ञप्ति लेखन कार्यशाला आयोजना गरेको छ ।
यही शनिबार जनवरी ८ तारिख शनिबारका दिन भर्चुअल ‘जुम’ बाट सो कार्यशाला संचालन हुने शाखाका महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए । सो कार्यक्रमका संयोजक समेत रहेका बस्नेतका अनुसार कार्यशालामा बेलायतस्थित नेपाली संघसंस्थालाई आमन्त्रण गरिएको छ।
आमन्त्रित संघसंस्थालाई कार्यशालामा आफ्ना अध्यक्ष, सचिव, मिडिया संयोजक लगायतका पदाधिकारीबाट एक वा बढी प्रतिनिधि पठाउन अनुरोध गरिएको छ ।
कार्यशाला बिहान १० देखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ ।
कार्यशालामा सहभागी संघसंस्थाका प्रतिनिधिलाई प्रेस रिलिज/ प्रेस नोट कसरी लेख्ने, के के जानकारी राख्ने, के के नराख्ने जस्ता विषयमा जानकारी गराइनेछ । त्यस्तै, मिडियालाई कसरी सम्पर्क गर्ने, आफ्ना गतिविधि वा कार्यक्रमसम्बन्धी सूचना, जानकारी मिडियामा कसरी पठाउने भन्ने जस्ता व्यावहारिक परामर्श पनि दिइनेछ ।
कार्यशालाका मुख्य प्रस्तोता शाखाका निवर्तमान अध्यक्ष एवम् वीनेपालीडटकमका सम्पादक नरेश खपांगीमगर रहनेछन् । व्यावसायिक पत्रकारितामा दुई दशक लामो अनुभव संगालेका खपांगीमगरले नेपालमा रहँदा गोर्खापत्र दैनिकसहितका कयौं प्रतिष्ठित राष्ट्रिय मिडियामा काम गरिसकेका छन् ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली समुदायसँगको सम्बन्ध र आपसी सहकार्यलाई सुदृढ पार्दै लैजाने लक्ष्यअनुरुप कार्यशाला आयोजना गर्न लागेको अध्यक्ष ध्रुवराज अर्यालले बताए ।
‘बेलायतको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर काम गर्ने हाम्रो कोसिस हो’, अर्यालले भने, ‘कार्यशालाले मिडियामा हाम्रो समुदायको पहुँच बढाउन र सहज बनाउन सहयोग पुर्याउने आशा लिएका छौं ।’
शाखाले कार्यशालामा सहभागिताका लागि बेलायतका सम्पूर्ण नेपाली संघसंस्थालाई आव्हान गरेको छ । प्राविधिक कारणले कसैलाई निमन्त्रणा नपुगेको भए समेत कार्यक्रममा सहभागी हुन सक्ने जनाइएको छ ।
कार्यक्रममा सहभागी हुने आफ्ना प्रतिनिधिको नाम शुक्रबारभित्रै शाखालाई जानकारी गराउन पनि संस्थाहरुलाई आग्रह गरिएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’