लन्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूकेले कोभिड–१९ को पछिल्लो ओमिक्रोन भेरिएन्टबारे जनचेतनामूलक जानकारी दिने उद्देश्यले एक अन्तरक्रिया आयोजना गर्ने भएको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरूको सहभागितामा ओमिक्रोनबारे अन्तरक्रियात्मक कार्यक्रम गरिन लागेको हो ।
एनआरएनए यूकेको स्वास्थ्य विभागले सो कार्यक्रम आयोजना गर्न लागेको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बताए । ‘अहिले यूके लगायतका विश्वका विभिन्न ठाउँमा कोभिडको नयाँ प्रकार ओमिक्रोनबारे त्रास फैलिएको छ । यस्तोमा आवश्यक जानकारी दिन र आम समुदायमा यसबारे सतर्कता अपनाउन विज्ञहरूको सहभागितामा परामर्श र अन्तरक्रिया गर्न लागेका हौँ,’ उनले भने, ‘सम्पूर्ण नेपालीजनहरूमा कार्यक्रममा सहभागी भएर लाभ लिनआह्वान गर्दछु ।’
अध्यक्ष मगरले कार्यक्रमको सन्देश संसारभर रहेका नेपालीहरूमाझ पुर्याउँदै कोभिडबाट सुरक्षित रहन त्यससँग सम्बन्धित उपायहरू पनि सुझाउने बताए । अन्तरक्रिया भर्चुअल रूपमा जुमबाट १ जनवरी २०२२का दिन यूके समयअनुसार अपरान्ह २ बजे हुनेछ ।
अन्तरक्रिया एनआरएनए यूकेको स्वास्थ्य विभागका प्रमुख संयोजक डा विशाल गुरूङको संयोजनमा हुँदैछ भने कार्यक्रमलाई एनआरएनए यूके उपाध्यक्ष गोविन्द खरेलले सञ्चालन गर्दैछन् । अन्तरक्रियामा वाटर एडका सिनियर म्यानेजर एवम् जनस्वास्थ्य विज्ञ डा ओम प्रसाद गौतमले ओमिक्रोनको संक्रमण र यसबारे सुरक्षित रहने उपायबारे बोल्नेछन् । त्यस्तै, नेप्लिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा कमल अर्यालले कोभिडबाट सुरक्षित रहने उपाय र खोपको प्रभावकारिताबारे जानकारी दिँदैछन् । बकिङघमसायर विश्वविद्यालयका सहलेक्चरर एवम् आइसीयू सीसीओकी सिनियर नर्स प्रसुना कँडेलले ओमिक्रोनको लक्षण र यूकेको अस्पतालको क्षमतासँगै प्रभावबारे आफ्नो धारणा राख्नेछिन् । त्यस्तै, नर्थहेम्प्टनसायर हेल्थ केयर राष्ट्रिय स्वास्थ्य सेवा फाउन्डेसन ट्रष्टसँग आवद्ध मनोचिकित्सक परामर्शदाता डा प्रेम राईले कोभिड महामारीले र मानसिक रोगकोअवस्थाबारे राय राख्नेछन् । एनडीए यूकेका पूर्व अध्यक्ष एवम् अवकाशप्राप्त मनोचिकित्सक परामर्शदाता डा चुडा कार्कीले समेत मानसिक रोगले परिवारमा पार्न सक्ने प्रभावबारे आफ्नो महत्वपूर्ण अनुभवहरू सेयर गर्नेछन्।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने