काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को डिसेम्बर महिनाका लागि तोकिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ।
एनआरएनए निर्वाचन समितिले शनिबार एक सूचना प्रकाशित गरी गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सूची पूर्ण रुपमा प्राप्त भइनसकेको जनाउँदै निर्वाचन प्रक्रिया स्थगित गरेको जनाएको हो ।
‘यसले गर्दा छानबिन प्रक्रिया प्रभावित भई यसअघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने छ,’ समितिले भनेको छ।
यसअघि निर्वाचन समितिले गत १५ डिसेम्बरमा सूचना प्रकाशित गरी डिसेम्बर २६ र २७ तारिखमा मतदान गर्नेबाहेकका सबै निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको थियो। संघद्वारा प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा व्यापक धाँधली भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि गत अक्टोबरमा तोकिएको संघको दशौँ महाधिवेशन र चुनाव पर सरेको थियो।
प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेल तथा निर्वाचन समितिका सदस्य डा. गणेशमान गुरुङले मतदाता नामावलीसम्बन्धी विवाद समाधान नभई चुनाव गराउन नसकिने भन्दै राजीनामा दिएपछि डिसेम्बरभित्र चुनाव गराउने कार्यतालिका अलपत्र परेको थियो।
डेलिगेट्ससम्बन्धी विवाद समाधान गर्न अध्यक्ष कुमार पन्तद्वारा गठित चार सदस्यीय उच्चस्तरीय समितिले विभिन्न विकल्पबारे छलफल जारी राखेको छ। समितिमा संघका केन्द्रीय सल्लहकार विश्वआदर्श पण्डित, डा. यादव पण्डित, सचिव गौरी जोशी र प्रवक्ता डिबी क्षेत्री छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश