लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बिसीसी युकेले विविध कार्यक्रमका साथ तमू ल्होछार मनाउने भएको छ ।
आउने ३० डिसेम्बर अर्थात् पौष १५ गतेका दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा धार्मिक पूजापाठका साथ तमू ल्होछार मनाउन लागिएको हो ।
प्रत्येक पौष १५ गते ल्हो अर्थात् वर्ग सर्ने भएकाले पनि यस दिनलाई तमूहरुले विशेष महत्व दिने गर्दछ । यसवर्ष विश्वभर रहेका तमूहरुले उक्त दिन गाई वर्गलाई बिदाई र बाघ वर्गलाई स्वागत गर्दैछ । विश्वभरका तमूहरुले ल्होछार अर्थात् नयाँ वर्षले हरेक मानव जातिमा सुख, शान्ति, खुसी, सुस्वास्थ्य, दीर्घायू, समृद्धि ल्याउन सकोस् भन्ने कामनाका साथ धार्मिक पूजापाठ, एकअर्कामा शुभकामना आदानप्रदान, भेटघाट एवं विविध मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । सोही क्रममा बिसीसी युकेले पनि विगत केही वर्षदेखि प्रत्येक षौष १५ का दिन अल्डरसटस्थित गुम्बा परिसरमा बौद्ध परम्परानुसार धार्मिक पूजापाठको आयोजना गर्दै आएको छ ।
बिसीसी युकेले यस वर्ष आउने बिहिबार ३० डिसेम्बर बिहान १० बजे देखि साँझ ५ बजेसम्म ग्यब्शी, छोक र आयु पुजाको आयोजना गर्न लागेको हो ।
सो ल्होछारको अवसरमा बिसीसी युकेका सल्लाहकार एवं ल्होछार संयोजक मेजर खुशीमान गुरुङले, “नयाँ ल्हो ले सम्पूर्ण तमूहरुमा एकता, सुख, समृद्धि, हर्ष, उल्लास, उमंग अनि नयाँ जोश–जाँगर साथै भगवान बुद्धप्रति श्रद्धा बढाउन जाँगर मिलोस्” भन्दै सबै तमूहरुमा ल्होछार मनाउन हार्दिक अनुरोध गरेका छन् । साथै, उनले उक्त दिन बिसीसी युकेको अल्डरसट गुम्बामा ग्यब्शी, छोक अनि आयुको पूजा हुने जानकारी दिँदै पछिल्लो समय कोभिड–१९ को संक्रमण दिनप्रतिदिन बढ्दै आइरहेकोले उक्त दिन घरमै बसेर ल्होछार मनाउन अनुरोध गरेका छन् ।
संयोजक मेजर गुरुङले गतवर्ष जस्तै यसवर्ष पनि गुम्बाभित्र नआईदिन अनुरोध गर्दै आफ्नो नङ, कपाल र गेडागुडीहरु गुम्बाको पछिल्लो गेटमा राखिएको बाल्टीमा राख्न सुझाएका छन् । त्यस्तै, उनले गतवर्ष झैँ यसबर्ष पनि गुम्बामा धार्मिक पूजापाठ सहित सामूहिक रुपमा दीप प्रज्ज्वलन गरिने र भक्तजनहरुबाट प्राप्त डोनेशन रकम आवश्यक व्यक्ति वा संघसंस्थालाई सहयोग गर्ने कार्यक्रम रहेको हुँदा दीप प्रज्ज्वलन तथा डोनेशन गर्न इच्छुक दानवीरहरुले बिसीसी युकेको कार्यालयमा वा सीधै आफूलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
स्मरण रहोस्, बिसीसी युकेले तमू ल्होछार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, बुद्ध पूर्णिमा लगायतका अवसरमा बिशेष धार्मिक पूजापाठको आयोजना गर्दै आएको छ । र, उक्त पूजापाठबाट वचत भएको रकम च्यारिटीमा खर्च गर्दै आएको छ । पछिल्लो समय नेपालमा कोभिडबाट प्रभावितहरुको सहयोगार्थ एनआरएनए युकेमार्फत अक्सिजन खरीदका लागि १५ हजार पाउण्ड सहयोग गरेको थियो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने