लण्डन । इङल्याण्डमा अब कोरोना संक्रमणको लक्षण देखिएमा सात दिन मात्र आइसोलेसनमा बसे पुग्ने भएको छ ।
आइसोलेसनका क्रममा ल्याटरल फ्लो टेष्ट गर्दा नेगेटिभ रिजल्ट आएकाहरुलाई अब सात दिनमै आइसोलेसनबाट बाहिर आउन सक्ने बताइएको छ । आइसोलेसनमा बसेकाहरुले छैटौँ दिनमा टेष्ट गर्दा नेगेटिभ रिजल्ट आए उनीहरुले आइसोलेसन सातौँ दिनमा टुङ्ग्याउन पाउने छन् ।
यसअघि १० दिन आइसोलेसनमा बस्नै पर्ने प्रावधान थियो ।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाभिदले ओमिक्रोन तीव्र दरमा फैलिरहेकाले त्यसबाट हुनसक्ने असरलाई रोक्न नयाँ निर्देशनले सहयोग गर्ने अपेक्षा गरेका छन् । उनले स्वास्थ्यविद्हरुसित परामर्श गरी यो निर्णय गरिएको पनि बताएका छन् ।
ओमिक्रोनको संक्रमणबाट स्वास्थ्य, रेलवे तथा अन्य क्षेत्रमा कर्मचारीको अभावमा पर्ने प्रभावलाई समाधान गर्न नयाँ निर्देशन ल्याइएको बताइएको छ ।
नयाँ निर्देशन खोप लगाएका नलगाएका सबैलाई लागू हुने छ । तर यदि सातौँ दिनमा पनि लक्षणहरु अझै देखिइरहेको छ भने आइसोलेसनबाट बाहिर नआउन अधिकारीहरुले अनुरोध गरेका छन् । साथै आइसोलेसनमा आउने बित्तिकै नाजुक स्वास्थ्य स्थिति भएका व्यक्तिहरुलाई नभेट्न र भीडभाडमा नजान पनि भनिएको छ ।
नयाँ निर्देशन घोषणा गर्दै युके हेल्थ सेक्युरिटी एजेन्सीले ओमिक्रोन संक्रमण जनसेवाका लागि गम्भीर जोखिम रहेको बताएको छ । कार्यकारी निर्देशक जेनी ह्यारिसले नयाँ नियमले संक्रमणको संजाल पनि तोड्ने र जनजीवनमा पनि कम प्रभाव पार्ने बताइन् ।
अहिले बेलायतमा कोरोना संक्रमण भएमा वा संक्रमणको लक्षण देखिएमा १० दिन आइसोलेसनमा बस्न पर्ने नियम छ । सरकारले क्रिसमसपछि संसद शुरु हुनासाथ यस नियमलाई परिवर्तन गरी सात दिनमा झार्ने योजना बनाएको छ । त्यतिन्जेलका लागि यो एउटा निर्देशनका रुपमा मात्र रहने छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत