लण्डन । इङल्याण्डमा अब कोरोना संक्रमणको लक्षण देखिएमा सात दिन मात्र आइसोलेसनमा बसे पुग्ने भएको छ ।
आइसोलेसनका क्रममा ल्याटरल फ्लो टेष्ट गर्दा नेगेटिभ रिजल्ट आएकाहरुलाई अब सात दिनमै आइसोलेसनबाट बाहिर आउन सक्ने बताइएको छ । आइसोलेसनमा बसेकाहरुले छैटौँ दिनमा टेष्ट गर्दा नेगेटिभ रिजल्ट आए उनीहरुले आइसोलेसन सातौँ दिनमा टुङ्ग्याउन पाउने छन् ।
यसअघि १० दिन आइसोलेसनमा बस्नै पर्ने प्रावधान थियो ।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाभिदले ओमिक्रोन तीव्र दरमा फैलिरहेकाले त्यसबाट हुनसक्ने असरलाई रोक्न नयाँ निर्देशनले सहयोग गर्ने अपेक्षा गरेका छन् । उनले स्वास्थ्यविद्हरुसित परामर्श गरी यो निर्णय गरिएको पनि बताएका छन् ।
ओमिक्रोनको संक्रमणबाट स्वास्थ्य, रेलवे तथा अन्य क्षेत्रमा कर्मचारीको अभावमा पर्ने प्रभावलाई समाधान गर्न नयाँ निर्देशन ल्याइएको बताइएको छ ।
नयाँ निर्देशन खोप लगाएका नलगाएका सबैलाई लागू हुने छ । तर यदि सातौँ दिनमा पनि लक्षणहरु अझै देखिइरहेको छ भने आइसोलेसनबाट बाहिर नआउन अधिकारीहरुले अनुरोध गरेका छन् । साथै आइसोलेसनमा आउने बित्तिकै नाजुक स्वास्थ्य स्थिति भएका व्यक्तिहरुलाई नभेट्न र भीडभाडमा नजान पनि भनिएको छ ।
नयाँ निर्देशन घोषणा गर्दै युके हेल्थ सेक्युरिटी एजेन्सीले ओमिक्रोन संक्रमण जनसेवाका लागि गम्भीर जोखिम रहेको बताएको छ । कार्यकारी निर्देशक जेनी ह्यारिसले नयाँ नियमले संक्रमणको संजाल पनि तोड्ने र जनजीवनमा पनि कम प्रभाव पार्ने बताइन् ।
अहिले बेलायतमा कोरोना संक्रमण भएमा वा संक्रमणको लक्षण देखिएमा १० दिन आइसोलेसनमा बस्न पर्ने नियम छ । सरकारले क्रिसमसपछि संसद शुरु हुनासाथ यस नियमलाई परिवर्तन गरी सात दिनमा झार्ने योजना बनाएको छ । त्यतिन्जेलका लागि यो एउटा निर्देशनका रुपमा मात्र रहने छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार