ओमिक्रोनका कारण लण्डनको नयाँ वर्षको उत्सव रद्द

कोरोना पूर्व लण्डनको आतसबाजी । फाइल फोटो

लण्डन । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएका कारण लण्डनको नयाँ वर्षको कार्यक्रम रद्द गरिएको छ ।

विगतमा नयाँ वर्षको आतसबाजी विश्वभर प्रख्यात थियो तर कोरोना संक्रमणका कारण गत वर्ष पनि सो आतसबाजी गरिएको थिएन र यस वर्ष लण्डनको ट्राफलगर स्क्वायरमा नयाँ वर्षको कार्यक्रम आयोजना गरिएको थियो । तर लण्डनका मेयर सादिक खानले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण सो कार्यक्रम गर्न नसकिने भन्दै सोमबार सो कार्यक्रम रद्द गरेका छन् ।

करिब ६ हजार ५०० मानिसहरु जम्मा हने सो कार्यक्रम जनसुरक्षाका कारण रद्द गर्न परेको उनले बताएका छन् ।

यस वर्षपनि लण्डनका केही प्रतीकात्मक स्थलबाट लाइभ प्रसारण गरेर नयाँ वर्ष मनाइने खानले बताएका छन् । ‘यो लण्डनबासीका लागि बेखुशीको कुरा हो, तर भाइरस फैलन नदिन हामीले ठीक निर्णय पनि लिनै पर्ने भएको छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री