लण्डन । मगर संघ युकेले गायक/कलाकार मास्टर मित्रसेन थापामगर थापामगरको १२७ औं जन्मजयन्ती मनाएको छ ।
भौतिक र भर्चुअल दुवै रुपमा शनिबार मनाइएको सो कार्यक्रममा संघको फार्नब्रोस्थित मगर भवनमा अध्यक्ष सुनिल राना, ट्रष्टीहरु ताम ढेँगा र जगत थापाले मित्रसेनको तस्वीरमा द्वीप प्रज्वलन गरी तथा खादा अर्पण गरेका थिए ।
नेपाल तथा बेलायतको राष्ट्रिय गानका साथमा मास्टर मित्रसेनप्रति दुई मिनेट मौन धारण गरी कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि मास्टर मित्रसेन स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष अधिवक्ता गौबहादुर आले रहेका थिए भने विशेष अतिथिहरुमा मास्टर मित्रसेन संगीत साहित्यसभा भाग्सुका अध्यक्ष श्रीमती साधना नेपाली र भारतीय मगर समाजका महासचिव रवि राना रहेका थिए ।
मन्तव्यको क्रममा अधिवक्ता गौबहादुर आले मगरले प्रतिष्ठानले नेपालमा गरिरहेको कार्यका बारेमा जानकारी गराउँदै नेपाल सरकारले मास्टर मित्रसेनका बारेमा हुलाक टिकट प्रकाशन गरेको साथै नेपालका विभिन्न ठाउँमा सर्वसाधारणले मित्रसेनको शालिक खडा गरेको बताए। उता साहित्य सभा भाग्सुकी अध्यक्ष साधना नेपाली र भारतीय मगर संघका महासचिव रवि रानाले यही डिसेम्बर २९ मा भाग्सुमा मास्टर मित्रसेनको शालिक अनावरण गर्न लागिएको जानकारी गराएका थिए ।
कार्यक्रममा वातावरणविद तथा साहित्यकार विजय हितान मगरले मास्टर मित्रसेनको जीवनी प्रस्तुत गरेका थिए ।
यसैगरी मित्रसेनद्वारा गाइएको गीत ‘लाहुरेको रेलिमाई’ मीन रानाले गाएका थिए भने रिटायर्ड क्याप्टेन वीरबहादुर थापाले मित्रसेनका दुईवटा गीत गाएका थिए । कार्यक्रममा घनबहादुर थापा, नानु राना र गोमा रानाले कविता वाचनले कार्यक्रम अत्यन्तै रोचक भएको थियो।
मास्टर मित्रसेन नेपाली संगीतका गायक, कवि,नाटककार, गायककार, निबन्धकार तथा संगीतकार तथा बहुप्रतिभाशाली ब्यक्ति व्यक्ति हुनुहुन्छ । उहाँका प्रचलित गीतहरु ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बहिनीले’, ‘लाहुरेको रेलिमाई फेसनै राम्रो’, ‘स्वामी नजाउ छाडी’, ‘नौतले बाउन्न ढोका नेपालै राजाको दरबार’, ‘अब त जाउँ कान्छी घर बाटो छ उकाली ओराली’, लगायत छन् ।
कार्यक्रममा मगर महिला संघ युके, मगर युवा संघ युके, मगर इन्भेष्टमेन्ट ग्रुप युके, मगर बुद्धिष्ट समाज युके लगायतको ऐक्यवद्धता र सहभागिता रहेको उक्त कार्यक्रममा मगर संघ बेलायतका संरक्षक, ट्रष्टीहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, शाखाका अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी र सदस्यहरु साथै सर्वसाधारणको पनि उपस्थिति थियो । कार्यक्रममा नेपाल र भारतबाट सहभागी थिए ।
संघका अध्यक्ष सुनिल रानाको अध्यक्षता र महासचिव रुद्र थापाको संचालनमा सो कार्यक्रम भएको थियो ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त