लण्डन । बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् ।
यहाँ शुक्रबार मात्र पनि ९३ हजार ४५ जना सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरस सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका हुन् ।यसअघि बिहीबार मात्र पनि यहाँ ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका थिए । यसरी यहाँ महामारीको प्रकोप बढेको यो तेस्रो दिन हो ।
यसअघि पनि गत बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङक्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन यहाँ बढी मात्रामा सङ्क्रमित देखिएका हुन् ।यो क्रम यहाँ शुक्रबार पनि बढेपछि बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी सङक्रमितहरु भेटिने क्रम बढेको पाइएको हो ।
यहाँ केही समययता हरेक दिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । साथै यहाँ कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको सङ्क्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन् ।यहाँ शुक्रबार मात्र पनि ३ हजार २०१ जनामा ओमिक्रोनको घातक संक्रमण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन् । यो समेत गरी यहाँ ओमिक्रोनका अहिलेसम्म १४ हजार जनाभन्दा बढीमा संक्रमण पाइएको बताइएको छ ।
बेलायतको सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको जनाएको थियो र त्यसपछि सबैभन्दा बढी शुक्रबार देखिएका बताइएको छ । यहाँ अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा