लण्डन । बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् ।
यहाँ शुक्रबार मात्र पनि ९३ हजार ४५ जना सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरस सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका हुन् ।यसअघि बिहीबार मात्र पनि यहाँ ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका थिए । यसरी यहाँ महामारीको प्रकोप बढेको यो तेस्रो दिन हो ।
यसअघि पनि गत बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङक्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन यहाँ बढी मात्रामा सङ्क्रमित देखिएका हुन् ।यो क्रम यहाँ शुक्रबार पनि बढेपछि बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी सङक्रमितहरु भेटिने क्रम बढेको पाइएको हो ।
यहाँ केही समययता हरेक दिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । साथै यहाँ कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको सङ्क्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन् ।यहाँ शुक्रबार मात्र पनि ३ हजार २०१ जनामा ओमिक्रोनको घातक संक्रमण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन् । यो समेत गरी यहाँ ओमिक्रोनका अहिलेसम्म १४ हजार जनाभन्दा बढीमा संक्रमण पाइएको बताइएको छ ।
बेलायतको सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको जनाएको थियो र त्यसपछि सबैभन्दा बढी शुक्रबार देखिएका बताइएको छ । यहाँ अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने