खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-३ बासपानीका भूपू ब्रिटिश आर्मी धनबहादुर राईले गाउँमा हेलिप्याड बनाइदिएका छन् । बेलायतमै रहेका राईले मृतक श्रीमतीको स्मृतिमा बासपानी वडा कार्यालयनजिकै आफ्नै जग्गामा हेलिप्याड निर्माण गरी दिएका हुन् ।
राईले स्वास्थ्य समस्या परेका स्थानीयकाे उपचारमा सहयाेग गर्नेगरी डाँडा सम्याएर वरपरबाट मेसिनरी पर्खाल हालेर हेलिकोप्टर ल्याण्ड गर्ने सिग्नल कंक्रिट गरेर हेलिप्याड बनाइदिएको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए ।
हेलिप्याड निर्माणापछि प्रसूति तथा दुर्घटनाका कारण तत्काल अस्पताल पुर्याउनु पर्ने बिरामीले छिट्टै उपचार पाउन सक्छन् । यसअघि स्थानीयकाे खेतबारीमा हेलिकाेप्टर ल्याण्ड गर्नुपर्ने बध्यता थियाे । कहिलेकाहीँ ल्याण्ड गर्ने ठाउँ नभेट्दा बिरामीकाे ज्यानै समेत जाने अवस्था थियाे । हेलिप्याड बनाइदिने राईलाई वडा कार्यालयले शुक्रबार सम्मान गरेको छ । भूपू ब्रिटिश आर्मी राईले श्रीमतीको कपुरथान (चिहान)लाई पनि कंक्रिट गरेका छन् ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]