बिहीबार, माघ १३ २०७८ | Thu, January 27, 2022
नेपालको समय: ००:०२ | UK Time: 18:17

नेपाली राष्ट्रिय क्रिकेट टीमका क्याप्टेन हटाइए

वीनेपाली
२०७८ मंसिर २९ गते १४:३२

नयाँ क्याप्टेन सन्दिप लामिछाने

काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाउँदै नयाँ कप्तानमा सन्दिप लामिछानेलाई चयन गरेको छ ।

संघको बुधबार बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै मल्ललाई कारबाही गरेको हो । त्यस्तै उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पनि पद मुक्त गर्ने निर्णय गरेको क्यानले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

मल्ल, ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ ।

संघले गठन गरेको अनुशासन उल्लंघन सम्बन्धी छानविन समितिले गरेको सिफारिसबमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले स्पष्ट पारेको छ ।

खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा कप्तान मल्लले असन्तुष्टी पोख्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक