लण्डन । नेपाली जनप्रगतिशील मंच युकेको अध्यक्षमा मानबहादुर गुरुङ निर्वाचित भएका छन् ।
मंचको आइतबार लण्डनमा सम्पन्न चौथो अधिवेसनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा तुल छन्त्याल, फूलप्रसाद कँडेल, शेरसिंह ठकुरी र नविन स्याङतान तामाङ, महासचिवमा बिमला लिम्बु, सचिवहरुमा कान्छाराम बुढाथोकी (विनय) र राजमनी राई, कोषाध्यक्षमा कपिल श्रेष्ठ र सहकोषाध्यक्षमा माया केसी निर्वाचित भएका छन् ।
सदस्यहरुमा राममणि रिजाल, हरिकृष्ण पौडेल, विष्णु चालिसे, रूद्र गैरे, मिलन लिम्बु, बिपिन गुरूङ्ग, अरूण थापा, जित गिरी, महेश देवकोटा, कृष्ण खनाल, सन्तोषी नाल्बो, दीपककुमार गुरुङ, लाक्पा डोमा शेर्पा लामा, गंगाकुमारी गुरुङ, विशाल गोले तामाङ्, राजेन्द्र गुरुङ, वीर बलाल, सागर सुब्बा, मेख गुरुङ, रचना राई, हरि अर्याल, बिष्णुमाया बस्नेत, रवि घिमिरे र ललित परियार रहेका छन् ।
अधिवेसनमा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का प्रवास कमिटी अध्यक्ष ओम शर्मा थिए भने विशेष अतिथि बेलायतका लागि नेपालका कार्यबाहक राजदुत श्रीमती रोशन खनाल रहेकी थिइन् ।
कार्यक्रमलाई प्रवास कमिटीका सचिव टिबी पाठक, युरोप कमिटीका अध्यक्ष सुरेन्द्र भूसाल, सचिव रण केसी, यूरोप क्षेत्रका निर्वाचन आयुक्त सुरेन्द्र नेपाल श्रेष्ठ, एनआरएनए प्रवक्ता डीबी क्षेत्री, नेपाली समाज युकेका अध्यक्ष चन्द्र गुरुङ, प्रवासी नेपाली मन्च युकेका अध्यक्ष कृष्ण तिवारी, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, युरोपका विभिन्न देशबाट उपस्थित अतिथिहरुले शुभकामना दिएका थिए ।
कार्यक्रम मंचका अध्यक्ष सुरेश गौतमको अध्यक्षता र सचिव शेरसिंह ठकुरी र तुल छन्त्यालको संचालनमा भएको थियो । बन्द सत्रमा अध्यक्ष सुरेश गौतमले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष कपिल श्रेष्ठले आर्थिक प्रतिवेदन र विधान मस्यौदा समितिका संयोजक कान्छाराम बुढाथोकीले विधान मस्यौदा पेश गरेका थिए ।
नयाँ कार्यसमिति चयनका लागि सुरेन्द्र नेपाल श्रेष्ठको संयोजकत्वमा नरेश खपाङ्गीमगर र कर्मा पहाडी शेर्पा रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी