काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई नियुक्त गरेको छ । शनिबार बिहान बसेको क्यान बोर्ड बैठकले पूर्व प्रशिक्षक पुबुदुलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखी २०१५ सम्म खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।
श्रीलंकाका पूर्वखेलाडीसमेत रहिसकेका पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-२० क्रिकेट विश्वकप खेलेको थियो । टी-२० विश्वकप क्रिकेटमा त्यो नै नेपालको पहिलो सहभागिता थियो । त्यसपछि भने नेपाल टी-२० विश्वकपमा छनोट हुन सकेको छैन ।
असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पुबुदुले भैरहवा ग्ल्याडियटर्सलाई प्रशिक्षण दिएका थिए । भदौमा तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले अचानक राजीनामा घोषणा गरेपछि नेपाली राष्ट्रिय टोलीमा सो पद रिक्त थियो ।
क्यानले १ कात्तिकमा मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । जसमा ६० जनाले आवेदन दिएका थिए ।
क्यानले राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक छान्न कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रवन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र आइसिसीका एक प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो ।
सो समितिलाई ६० जना आवेदकमध्येबाट सर्टलिस्टमा परेका पाँच जनाले अन्तर्वार्ताका दिएका थिए ।
आवेदन दिएका उम्मेद्वारमध्येबाट क्यानले दसानायकेसँगै वेस्ट इन्डिजका ब्याटिङ सल्लाहकार मोन्टी देसाईलाई उनीहरुले प्राप्त गर्ने पारिश्रमिक, सेवा सुबिधा, कर्तत्व र लक्ष्यसहित मुख्य प्रशिक्षकका लागि प्रस्ताव पठाएको थियो ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता