काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई नियुक्त गरेको छ । शनिबार बिहान बसेको क्यान बोर्ड बैठकले पूर्व प्रशिक्षक पुबुदुलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखी २०१५ सम्म खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।
श्रीलंकाका पूर्वखेलाडीसमेत रहिसकेका पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-२० क्रिकेट विश्वकप खेलेको थियो । टी-२० विश्वकप क्रिकेटमा त्यो नै नेपालको पहिलो सहभागिता थियो । त्यसपछि भने नेपाल टी-२० विश्वकपमा छनोट हुन सकेको छैन ।
असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पुबुदुले भैरहवा ग्ल्याडियटर्सलाई प्रशिक्षण दिएका थिए । भदौमा तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले अचानक राजीनामा घोषणा गरेपछि नेपाली राष्ट्रिय टोलीमा सो पद रिक्त थियो ।
क्यानले १ कात्तिकमा मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । जसमा ६० जनाले आवेदन दिएका थिए ।
क्यानले राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक छान्न कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रवन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र आइसिसीका एक प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो ।
सो समितिलाई ६० जना आवेदकमध्येबाट सर्टलिस्टमा परेका पाँच जनाले अन्तर्वार्ताका दिएका थिए ।
आवेदन दिएका उम्मेद्वारमध्येबाट क्यानले दसानायकेसँगै वेस्ट इन्डिजका ब्याटिङ सल्लाहकार मोन्टी देसाईलाई उनीहरुले प्राप्त गर्ने पारिश्रमिक, सेवा सुबिधा, कर्तत्व र लक्ष्यसहित मुख्य प्रशिक्षकका लागि प्रस्ताव पठाएको थियो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार