लण्डन । विश्वको शक्ति राष्ट्रहरुमध्ये एक बेलायतसित कति सैनिक शक्ति होला ? धेरैको चासोको विषय बन्न सक्छ । कतिपय मुलुकहरुले सैनिक संख्यालाई सुरक्षाको विषय भनेर सार्वजनिक गर्दैनन् तर बेलायतमा भने नियमितरुपमा सैनिक संख्या सार्वजनिक गर्ने गरिन्छ ।
यसैक्रममा बिहीबार बेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १ अक्टोवर २०२१ सम्ममा बेलायतसित १ लाख ९८ हजार ९४० सैन्यशक्ति छ । जो गत वर्षको तुलनामा ३ हजार ८ सय ९० जनाले बढी छ । तीमध्ये १ लाख ३७ हजार १३० जना पूर्णकालिन सैनिक छन् भने बाँकी रिजर्भ बलमा ।
गत वर्ष बेलायती सेनामा १७ हजार ७० सैनिक नयाँ भर्ना भएका छन् भने १३ हजार ८५० जना सेवा निवृत्त भएका छन् । यसैगरी, गत वर्ष ३२ हजार ७० जना रिजर्भ बलमा भर्ना भएका छन् ।
रोयल नेभी वा रोयल मरिनमा ४० हजार ६५० जना सैनिक कार्यरत रहेका छन् भने रोयल एयर फोर्समा ३७ हजार ९९० जना सैनिक सेवारत छन् ।
बितेका तीन वर्षमा बेलायती सेनाको सबै ट्रेडमा (स्वयंसेवकबाहेक) सैनिकहरुको संख्या बढ्दो पाइएको छ ।
गोरखाको संख्या बढ्दै
गोरखाहरुको संख्या विगत तीन वर्षमा करिब छ प्रतिशतले बढेको छ । सन् २०१८ को अक्टोबरमा ३ हजार ९० जना गोरखा बेलायती सेनामा कार्यरत थिए भने सन् २०१९ को अक्टोवरमा त्यो संख्या बढेर ३ हजार ३८० पुगेको थियो । सन् २०२० को अक्टोबरमा अरु वृद्धि हुँदै ३ हजार ७४० पुगेको थियो भने सन् २०२१ को अक्टोबरमा सेवारत गोरखाहरुको संख्या बढेर ३ हजार ९६० पुगेको छ । तर यो संख्यामा गोरखा ब्रिगेडबाहेक अरु पल्टनमा कार्यरत नेपाली मूलका सैनिकहरु भने गणना गरिएको छैन ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक