लण्डन । अल्डरसटमा शुक्रबार बिहान नेपाली व्यवसायीहरुद्वारा संचालित सुनका गहना पसलमा भएको चोरीका बारेमा स्थानीय प्रहरीले सर्वसाधारणलाई सूचना दिन अपील गरेको छ ।
ह्याम्पसायर प्रहरीले शुक्रबार बिहान १०:१८ मा एक अपील प्रकाशित गर्दै सो घटनाका बारेमा केही सूचना वा जानकारी भए प्रहरीलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।
प्रहरीले सो घटनामा ठूलो परिमाणमा सुन चोरी भएको प्रारम्भिक अनुमान गरेको छ । दुवै पसलमा प्रशस्त गहना रहेको प्रहरीको अनुमान छ।
प्रहरीले बिहान करिब ३:२० बजे आफूहरुलाई स्टेसन रोडमा रहेको अनुग्रह ज्वेलर्स र भिक्टोरिया रोडमा रहेको न्यू लक्ष्मी ज्वेलर्समा डकैती भएको भन्दै सूचना आएको बताएको छ ।
दुवै घटनामा प्रयोग भएको सिल्भर रङको ल्याण्डरोभर डिस्कभरी भिक्टोरिया रोडमा छाडिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
दुवै घटनास्थलमा अहिले प्रहरीले अनुसन्धान गरिररहेको बताइएको छ ।
प्रहरीले घटना भएको समयमा ती स्थानमा रहेका वा सुनेका देखेका सर्वसाधारणहरुलाई सिसिटिभी फुटेज, डोरबेल, ड्यासक्याम प्रहरीलाई उपलब्ध गराउन अनुरोध गरेको छ । ती सूचनाका लागि १०१ मा फोन गरी ४४२१०४९४५०६ उल्लेख गर्न सकिने छ । यसैगरी क्राइमस्टोपर्सको फोन ०८००५५५१११ मा नाम उल्लेख नगरी जानकारी दिन सकिने छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु