लण्डन । अल्डरसटमा शुक्रबार बिहान नेपाली व्यवसायीहरुद्वारा संचालित सुनका गहना पसलमा भएको चोरीका बारेमा स्थानीय प्रहरीले सर्वसाधारणलाई सूचना दिन अपील गरेको छ ।
ह्याम्पसायर प्रहरीले शुक्रबार बिहान १०:१८ मा एक अपील प्रकाशित गर्दै सो घटनाका बारेमा केही सूचना वा जानकारी भए प्रहरीलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।
प्रहरीले सो घटनामा ठूलो परिमाणमा सुन चोरी भएको प्रारम्भिक अनुमान गरेको छ । दुवै पसलमा प्रशस्त गहना रहेको प्रहरीको अनुमान छ।
प्रहरीले बिहान करिब ३:२० बजे आफूहरुलाई स्टेसन रोडमा रहेको अनुग्रह ज्वेलर्स र भिक्टोरिया रोडमा रहेको न्यू लक्ष्मी ज्वेलर्समा डकैती भएको भन्दै सूचना आएको बताएको छ ।
दुवै घटनामा प्रयोग भएको सिल्भर रङको ल्याण्डरोभर डिस्कभरी भिक्टोरिया रोडमा छाडिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
दुवै घटनास्थलमा अहिले प्रहरीले अनुसन्धान गरिररहेको बताइएको छ ।
प्रहरीले घटना भएको समयमा ती स्थानमा रहेका वा सुनेका देखेका सर्वसाधारणहरुलाई सिसिटिभी फुटेज, डोरबेल, ड्यासक्याम प्रहरीलाई उपलब्ध गराउन अनुरोध गरेको छ । ती सूचनाका लागि १०१ मा फोन गरी ४४२१०४९४५०६ उल्लेख गर्न सकिने छ । यसैगरी क्राइमस्टोपर्सको फोन ०८००५५५१११ मा नाम उल्लेख नगरी जानकारी दिन सकिने छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव