लण्डन । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समितिको निर्वाचनको कार्यक्रम सार्वजनिक गरिएको छ ।
यसअघि अक्टोवरमै सम्पन्न हुनुपर्ने चुनाव परराष्ट्र मन्त्रालयको निर्देशनपछि रोकिएकोमा हालै उच्च अदालत पाटनको आदेशपछि चुनावी प्रक्रिया शुरु भएको हो ।
प्रमुख निर्वाचन आयुक्त अधिवक्ता लीलामणि पौडेलको हस्ताक्षर रहेको सो निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशन डिसेम्बर ६ तारिखमा , मतदाता नामावलीमाथि दाबीविरोध डिसेम्बर ७ तारिखमा, दाबी विरोधमाथि छानविन डिसेम्बर ९ तारिखमा गरी डिसेम्बर १० मा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
यसैगरी, डिसेम्बर ११ र १२ मा उम्मेदवारको मनोनयन दाखिला गर्ने, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने, डिसेम्बर १३ मा उम्मेदवारीमाथि दाबी विरोध, डिसेम्बर १४ मा मनोनयन पत्र जाँच र दाबीविरोध माथि छानविन गरी डिसेम्बर १५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । त्यसपछि डिसेम्बर १७ का दिन उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्ने मौका दिइनेछ भने डिसेम्बर १८ तारिखका दिन अन्तिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मतदान डिसेम्बर २६ नेपाली समयअनुसार बिहान ८ बजेदेखि भोलिपल्ट बिहान ७ बजेर ५९ मिनेट जाँदासम्म गर्न पाइनेछ । यसपटक अनलाइन मतदान हुनेछ ।
उम्मेदवारी दिनका लागि अध्यक्षका लागि १० लाख, उपाध्यक्षका लागि ७ लाख, महासचिवका लागि ६ लाख, सचिव र कोषाध्यक्षका लागि ५ लाख, सहकोषाध्यक्षका लागि ४ लाख ५० हजार, महिला, युवा तथा क्षेत्रीय संयोजकहरुका लागि ३ लाख ५० हजार, क्षेत्रीय, महिला तथा युवा उपसंयोजकका लागि २ लाख ५० हजार रुपियाँ उम्मेदवारी शुल्क तोकिएको छ ।
निर्वाचनबाट विभिन्न पदमा ५३ जना निर्वाचित हुनेछन् ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस