एनपीसीसी युकेको सभापतिमा कोपिला सुब्बाको दाबी

तस्वीर मिलन तमू

लण्डन । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) युकेको यही शनिबार हुन लागेको अधिवेसनमा कोपिला सुब्बाले अध्यक्षमा उम्मेदवारी दाबी गरेकी छिन् ।

हाल उपसभापति रहेकी सुब्बाले विधि विधान र पद्दतिको पालना गर्दै सामूहिक रुपमा एनपीसीसीलाई सकृय बनाई नेपाली कांग्रेसलाई विदेशबाट सहयोग गर्न आफूले उम्मेदवारी दिन लागेको बताइन् ।

आफूले जितेमा एनपीसीसीलाई बेलायतमा रहेका संघ संस्थाहरुसंग हातेमालो गर्दै गहन सार्वजनिक महत्व एवं सरोकारको विषयमा ध्यानकर्षण गराउने सहयोग एवं समर्थन जनाउने संस्थाका रुपमा विकास गर्ने उनको योजना छ। अहिले बेलायतमा नेपाली जनसंपर्क समितिको संगठन कमजोर भएको भन्दै उनले बौद्धिक,अनुभवी,व्यक्तित्वहरुको खोजी गरी उनीहरुको सहभागिता गराई समितिलाई दीगो व्यवस्थित, भरपर्दो एवं विश्वासिलो संगठन बनाउने बताइन् ।

आफू निर्वाचित भएमा नेपाली कांग्रेस पार्टीले लिएको लक्ष्यहरुलाई विदेशबाट पूरा गराउन महत्वपूर्ण भूमिका खेल्ने उनको लक्ष्य छ। आफू नैतिकवान र इमानदार महिला भएको भन्दै उनले सबैतिर समावेशिताको आवाज उठिरहेको बेलामा आफूले उम्मेदवारी दिने बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री