लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युके नयाँ कार्य समितिले सय दिन पूरा गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार अल्डरशटस्थित एम्पायर हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले संस्थामा निस्पक्षता हुनु पर्ने बताए। उनले विधानभन्दा माथि कोही पनि नरहेको भन्दै सबैले विधानको पालना गर्नु पर्नेमा जोड दिए।
एनआरएनएका केन्द्रीय सल्लाहकार कुल आचार्यले संघमा विभिन्न बहानाबाजी बनाएर अक्टोबरमा गर्नु पर्ने अधिवेशन र चुनाव सारिएको आरोप लगाए।
एनआरएनए युकेका प्रमुख संरक्षक शेर सुनारले गैर आवासीय नेपाली संघ र गोर्खाजबीच नङ र मासुको सम्बन्ध रहेको भन्दै भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान गर्न नेपाल तथा ब्रिटिश दुवै सरकारसम्म आवाज पुर्याएको दाबी गरे ।
सो अवसरमा प्रमुख अतिथि घले, संस्थाका पदाधिकारीहरु तथा प्रमुख सल्लाहकारहरुले संयुक्त रुपमा ‘एनआरएन भ्वाइस’ स्मारिकाको विमोचन गरेका थिए। उक्त स्मारिकाबारे एनआरएनए युकेका प्रवक्ता भरतमणि चोङ्गबाङ्गले प्रकाश पारेका थिए।
एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले सबै नवनियुक्त सल्लाहकारहरुलाई संस्थालाई सुझाव, सल्लाह दिन र संस्थाको गरिमा बढाउन सहयोग गर्न अनुरोध गरे।
कार्यसमिति सदस्य आवेश राईले ‘ओपन एनआरएनए’ बारे एक प्रस्तुति दिंदै एनआरएनएसम्बन्धी छोटो हाजिरीजवाफ प्रतियोगिता पनि संचालन गरेका थिए।
सोही अवसरमा प्रमुख संरक्षक शेर सुनार तथा सदस्यहरु पूर्व अध्यक्षद्वय कुल आचार्य एवं मुछेत्र गुरुङ रहेको संरक्षक परिषद गठन गरिएको घोषणा गरियो। यसैगरी संस्थाका मनोनित (को-अप) सदस्यहरु प्रवक्ता भरतमणि चोङ्गबाङ्ग, आवेश राई, हितकाजी गुरुङ, ज्ञान्जु शेर्पा तथा छेमता ढकाललाई सम्मानित गरिएको थियो।
एनआरएनए युकेका उपाध्यक्ष नारायण कँडेलले प्रमुख अतिथि डा. शेष घले, विशेष अतिथि श्रीमती जमुना घलेलगायत सबै पाहुनाहरुलाई स्वागत गरेका थिए।
एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा भएको कार्यक्रममा यति एसोसियसन युकेका अध्यक्ष ध्रुव केसी, लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, नवनियुक्त सल्लाहकार तथा वाटर एड युकेसँग आवद्ध जन स्वास्थ्यविद् डा. ओम गौतम लगायतका वक्ताले शुभकामना दिएका थिए।
सो अवसरमा प्रमुख अतिथि घलेले एनआरएनए युकेका नवनियुक्त प्रमुख सल्लाहकार तथा सल्लाहकारहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।
महासचिव खुसी लिम्बुले संचालन गरेको कार्यक्रमको संयोजन उपाध्यक्ष गोविन्द खरेलले गरेका थिए।
कार्यक्रममा च्यारिटीबाट उठेको सहयोग रेमिट्यान्स कम्पनी ट्याप ट्याप सेन्डमार्फत नेपालको इन्द्रेणी कार्यक्रम, मानव सेवा आश्रम लगायतका संस्थाहरुलाई पठाइने अध्यक्ष गाहा मगरले जानकारी दिए ।
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो