एनआरएनए स्कटल्याण्डमा हस्तान्तरण सम्पन्न

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको वैधानिक ब्यवस्थाअनुसार गठन भएका चार वटा राज्य समितिहरूमध्ये स्कटल्याण्ड राज्यसमितिको प्रथम निर्वाचित कार्यसमितिले नयाँ निर्वाचित कार्यसमितिलाई कार्यभार कार्यभार हस्तान्तरण गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिका उपाध्यक्ष उज्जवल कार्कीलाई कार्यभार हस्तान्तरण गरेको छ ।नवनिर्बाचित अध्यक्ष काशीराम भण्डारी नेपालमा रहेकाले उपाध्यक्ष कार्कीले हस्तान्तरण ग्रहण गरेका हुन् ।

निवर्तमान कार्यसमितिका सचिव दिवाकर पाण्डेका अनुसार स्कटल्याण्डभर रहेका सबै गैरआवासीय नेपाली हरूको महत्वपूर्ण साथ र सहयोगको उपलब्धी स्वरुप गैरआवासीय नेपाली संघ बेलायतको विधानले ब्यवस्था गरेअनुरूप प्रथम महाधिवेशन सम्पन्न गरी यस राज्य समितिका लागी उम्मेदवारीबाट संकलित ४ हजार २५० पौण्ड राज्य समितिको बैंक खातामा वचत रहेको छ ।

राज्यसमितिले यहाँ रहेका १४ वटा संस्थाहरूलाई एकतावद्ध गरी सबै गैरआवासीय नेपालीहरुबाट सहयोग प्राप्त गरी कोभिड १९ ले मातृभूमि नेपाललाई समस्या पर्दा २२ वटा कन्सन्ट्रेटर मेसिनहरु पठाई महत्वपूर्ण सहयोग गरेको थियो।

हाल गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष मोहन कार्की अध्यक्ष रहेको तदर्थ समितिबाट शून्य मौज्दातमा कार्यभार सम्हालेको निवर्तमान कार्यसमितिले कोभिड राहत समितिमा रहेको ३ हजार ९३४ पौण्ड ३४ पेन्ससहित जम्मा ८ हजार ९६२ पौण्ड ४४ पेन्स नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न सफल भएको छ।

अब स्कटल्याण्डभर रहेका सबै गैरआवासीय नेपालीहरु एकजुट भएर निवर्तमान कार्यसमितिले महाधिवेशनबाट सर्वसम्मतिले पास गरी कार्यान्वयनको लागी गैरआवासीय नेपाली संघ युकेलाई पठाएको पंजीकृत सदस्यताहरूबाट संकलित रकममध्ये विधानमा स्पष्ट ब्यबस्था भएअनुसार सदस्यता नियमावली बनाई २५ प्रतिशत रकम यस राज्य समितिको बैंक खातामा फिर्ता ल्याउनु पर्ने निवर्तमान कार्यसमितिका सदस्य बिदुर खत्री बताउँछन् ।

      

प्रतिक्रिया

सम्बन्धित सामाग्री