स्कटल्याण्डमा भुकम्प

लण्डन । स्कटल्याण्डमा गए राति भुकम्प गएको छ ।

ग्लास्गोभन्दा ८८ माइल उत्तर पश्चिमी भागमा गएको सो भुकम्प ३.१ म्याग्निच्यूडको रहेको बताइएको छ ।

राति २ बजे गएको सो भूकम्प जमिनको सतहभन्दा १० किलोमिटर मुनी गएको थियो ।

सो भुकम्पको धक्का स्कटल्याण्डको विभिन्न भागमा महसुस गरिएको थियो ।

बेलायतमा वर्षेनी २०० देखि ३०० वटासम्म साना भूकम्प जाने गरेको छ । तिनीहरुको म्याग्निच्यूड भने ३.९ भन्दा कम्ति रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री