किरात राई यायोक्खा ग्रेटर रस्मोरमा पुन: ध्रुवसरी राई  

लण्डन । किरात राई यायोक्खा बेलायत प्रारम्भिक कार्यसमिति ग्रेटर रस्मोरको छैटौं अधिवेसन सम्पन्न भएको छ ।

१३ नोभेम्बर २०२१ शनिबारका दिन मेफिल्ड कम्युनिटी सेन्टर फार्नबरोंको सभाकक्षमा सम्पन्न अधिवेशनद्वारा सर्वसम्मत रुपमा ध्रुवसरी राईलाई अध्यक्षमा निर्वाचित गरेको छ भने १४ सदस्सीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राई प्रमुख अतिथि रहेको छैटौं अधिवेशनमा किराया बेलायतका पूर्व अध्यक्षहरु क्रमसः रामधन राई र पदम राई विशेष अतिथिको रुपमा उपस्थित थिए । अधिवेशनको अध्यक्षता ध्रुवसरी राईले गरेकी थिइन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतका अध्यक्ष श्रीमती प्रमिला लाबुङ राई, किरात राई तायामा
खियामा बेलायतका अध्यक्ष रोजी राई, किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिका उपाध्यक्षहरु, क्याप्टेन सुमनचन्द्र राई, मेजर दिलकुमार राई, निलम राई, महासचिव चन्द्रवती राई, सचिव अनिता राई, सह–कोषाध्यक्षहरु डा. महा राई र सावित्रा राई अनि केन्द्रीय सदस्य बिनोद राई साथै अगुवा सामाजिक अभियानकर्मी विरेन राईसहित किरात राई दाजुभाइ दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।
अधिवेशनको उदघाटन शत्रमा फोनिज बेलायतका अध्यक्ष श्रीमती प्रमिला लाबुङ राई, किरात राई तायामा खियामा बेलायतका अध्यक्ष रोजी राई, क्याप्टेन सुमन चन्द्र राईले, ग्रेटर रस्मोरका प्रारम्भिक कार्यसमितिका पूर्व अध्यक्ष कीर्त बहादुर राईले शुभकामना दिएका थिए ।
प्रमुख अतिथि किराया बेलायत केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईले शुभकामना दिँदै तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको कार्यसमितिलाई कृतज्ञता ब्यक्त गर्दै अझै किरात राई जातिको हितमा लागिरहने उर्जा र उत्साह सबैलाई मिलोस्
भन्दै शुभेच्छा प्रकट गरेका थिए ।

अधिवेशन उद्घाटन सत्रको समापन गर्दै अध्यक्ष ध्रुवसरी राईले विगत तीन वर्षे कार्यकालमा आफ्नो नेतृत्वको कार्यसमितिमा रहेर
क्रियाशील भै कार्यकाल सफल बनाउन लागि पर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

अधिवेशनको बन्द सत्रमा किराया बेलायत प्रारम्भिक कार्यसमिति ग्रेटर रस्मोरका सचिव हरि राईले सांगठानिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष नवराज राईले आर्थिक प्रतिवेदन पेश गरे । दुवै प्रतिवेदनहरु अधिवेशनले छलफलसहित पारित
गरेको थियो ।
नयाँ कार्यसमिति चयनका लागि किरात राई यायोक्खा बेलायतका पूर्व अध्यक्ष तथा प्राकास ग्रेटर रस्मोरका सल्लाहकार रामधन राईको अध्यक्षतामा किराया बेलायतका पूर्व अध्यक्ष तथा प्राकास ग्रेटर रस्मोरका सल्लाहकार पदम राई सचिव साथै पूर्खा थामबहादुर राई सदस्य रहेको तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको थियो ।
सर्वसम्मतिबाट नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा निर्वाचन समितिका सचिव पदम राईले गरेका थिए । जस अनुसार अध्यक्षमा ध्रुवसरी राई दोश्रो कार्यकालका लागि पुनः सर्वसम्मतरुपमा निर्वाचित भइन् । नवनिर्वाचित अन्य पदाधिकारी सदस्यहरुमा उपाध्यक्षमा गजेन्द्रकुमार राई, प्रेमबहादुर राई, उपाध्यक्ष खड्गबहादुर राई, नमिता राई, धनबहादुर राई, सचिव खेम राई, सहसचिव खिलेन्द्र राई, सहसचिव निलम राई, कोषाध्यक्ष नवराज राई, सहकोषाध्यक्ष डिल्लीराम राई, सहकोषाध्यक्ष कला राई, सदस्यहरु क्रमसः लक्ष्मी राई, सारदा राई, मेनुका राई, यक्षकुमार राई, कमल राई, नमिता राई, निरज राई, मीरा राई,पद्मा राई, प्रज्ञा राई, पूर्णमाया राई, कमला राई, फूलसरी राई र नवराज राई रहेका छन्

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष रामधन राईले सपथ खुवाएका थिए भने नव निर्वाचित अध्यक्ष ध्रुवसरी राईले आफ्नो प्रतिवद्धता मन्तब्यको राख्ने क्रममा दोश्रो कार्यकालका लागि आफूलाई विश्वास गरेर निर्वाचित गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेकी थिइन् ।
नवनिर्वाचित अध्यक्ष ध्रुवसरी राई एक कुशल संगठक र आफ्नो निर्णयमा अडिग रहने व्यक्तिका रुपमा परिचित छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री