लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको मिडिया संयोजकमा शिव भण्डारी चयन भएका छन् ।
एनआरएनए युकेको कार्यसमितिले लण्डन नेपाल न्यूजका प्रधान सम्पादक समेत रहेका भण्डारीलाई संयोजक पदमा मनोनयन गरेको हो ।
नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्षसमेत रहेका भण्डारीसित नेपाल पत्रकार महासंघ यूकेको दुई कार्यकाल सचिवमा निर्वाचित भइ काम गरेको अनुभव छ । यस्तै उनी गुल्मी जिल्ला समाज युकेका पूर्व महासचिव पनि हुन् ।
लगनशीलता र मेहेनतका साथ बेलायतस्थित नेपाली समुदायमा सक्रिय पत्रकारको भूमिका निर्वाह गरेका कारण महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको आफूले महसुस गरेको उनले बताए । भण्डारी बेलायतमा १२ वर्षदेखि पत्रकारितामा छन् ।
गुल्मी धुर्कोट स्थायी घर भएका भण्डारीले करिब एक दशकअघि लण्डन नेपाल न्यूज नामक आफ्नै अनलाइन समाचार पोर्टल शुरू गरेका थिए ।
भण्डारीको नेतृत्वमा सञ्चालित लण्डन नेपाल न्यूज हाल बेलायतमा एक प्रमुख अनलाइन पत्रिका मानिन्छ ।
मिडिया संयोजकको रुपमा जिम्मेवारी दिइएको प्रति उनले एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरसहितको कार्यसमितिलाई आभार व्यक्त गर्दै आफूले पाएको जिम्मेवारी पूर्ण रुपमा दत्तचित्त भएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’