लण्डन । भोजपुर प्रतिभा प्रतिष्ठानले हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आईरहेको प्रतिभा सम्मान स्रष्टा श्याम तमोटलाई र प्रतिभा पुरस्कार लेखक कविता राईलाई प्रदान गर्नेभएको छ ।
प्रतिष्ठानले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गीतकार, कवि श्याम तमोटलाई भोजपुर प्रतिभा सम्मान र लेखक कविता राईलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने सम्मानको राशी १० हजार रुपियाँ र ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कारको राशी ३५ हजारसहित ताम्रपत्र रहेको छ ।
संस्थाले यसअघि साहित्यकार पूर्णप्रकाश नेपाल यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जिवी लुगुन, साहित्यकार शैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार, गायक तथा संगीतकार गणेश रसिक, इतिहासकार ज्ञानमणि नेपाललाई सम्मान गरिसकेको छ ।
यसैगरी कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लव ढकाल, कवि विमल गिरी, धाविका मीरा राई, कवि तथा समालोचक पूर्ण ईन्फादा, गायक भीषण मुकारुङले पुरस्कार प्राप्त गरिसकेका छन् ।
छिट्टै एक कार्यक्रमको आयोजना गरी सम्मान र पुरस्कार हस्तान्तरण गर्ने जानकारी संस्थाका अध्यक्ष दयाकृष्ण राईले दिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’