लण्डन । भोजपुर प्रतिभा प्रतिष्ठानले हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आईरहेको प्रतिभा सम्मान स्रष्टा श्याम तमोटलाई र प्रतिभा पुरस्कार लेखक कविता राईलाई प्रदान गर्नेभएको छ ।
प्रतिष्ठानले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गीतकार, कवि श्याम तमोटलाई भोजपुर प्रतिभा सम्मान र लेखक कविता राईलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने सम्मानको राशी १० हजार रुपियाँ र ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कारको राशी ३५ हजारसहित ताम्रपत्र रहेको छ ।
संस्थाले यसअघि साहित्यकार पूर्णप्रकाश नेपाल यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जिवी लुगुन, साहित्यकार शैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार, गायक तथा संगीतकार गणेश रसिक, इतिहासकार ज्ञानमणि नेपाललाई सम्मान गरिसकेको छ ।
यसैगरी कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लव ढकाल, कवि विमल गिरी, धाविका मीरा राई, कवि तथा समालोचक पूर्ण ईन्फादा, गायक भीषण मुकारुङले पुरस्कार प्राप्त गरिसकेका छन् ।
छिट्टै एक कार्यक्रमको आयोजना गरी सम्मान र पुरस्कार हस्तान्तरण गर्ने जानकारी संस्थाका अध्यक्ष दयाकृष्ण राईले दिए ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल