लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले टुल्कु ग्यूरमेद कुन्जाङ रिन्पोछेको स्वागत तथा आर्ट गुरु रिग्जीनको बिदाई गरेको छ । गत बुधबार १० नोभेम्बरका साँझ बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा टुल्कु रिन्पोछेको स्वागत तथा आर्ट लामाको बिदाई गरिएको हो । काठमाण्डौस्थित सेचन गुम्बामा कार्यरत टुल्कु रिन्पोछे केही महिना गुम्बामा रहने छन् । त्यस्तै, गत दुई महिनादेखि गुम्बामा रहेका आर्ट गुरु आफ्नो बासस्थान सेफिल्ड जान लागेका हुन् ।
कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले टुल्कु रिन्पोछेलाई खादा लगाई स्वागत र आर्ट लामा रिग्जीनलाई बिदाई गरेका थिए । त्यस्तै, बीसीसी युके आमा उपाध्यक्ष जगना गुरुङले टुल्कु रिन्पोछेलाई फूलको गुच्छाले स्वागत र आर्ट लामा रिग्जीनलाई बिदाई गरेका थिए । सो अवसरमा अध्यक्ष तामाङले टुल्कु रिन्पोछेको बेलायत बसाई सुखमयको कामना गरे भने आर्ट लामा रिग्जीनले गुम्बालाई दिएको समयप्रति धन्यवाद ज्ञापन गरे । त्यस्तै, टुल्कु रिन्पोछेले आफूलाई स्वागत गरिएकोमा गुम्बाप्रति धन्यवाद दिए भने आर्ट लामाले छिटो समय भए पनि गुम्बाको बसाई अत्यन्त राम्रो भएको बताउँदै धन्यवाद दिए ।
बीसीसी युकेका लामा गुरु खेन्पो कुन्ख्यापको समेत विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, संस्थापक अध्यक्ष ले. काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, महासचिव क्याप्टेन देव घले, असिस्टेन्ट पीआर सेक्रेटरी जोय कम्बल, पूजा संयोजक आईबहादुर गुरुङ, कार्यसमितिका पदाधिकारी, आमा समूह, सल्लाहकार, ट्रष्टीज, भक्तजन लगायत आमाहरुले टुल्कु रिन्पोछेको खादा लगाई स्वागत तथा आर्ट लामाको बिदाई गरेका थिए ।
अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त स्वागत तथा बिदाई कार्यक्रमलाई महासचिव क्याप्टेन देव घलेले संचालन गरेका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’