लन्डन । बेलायतले भारतीय स्वतन्त्रतावादी नेता महात्मा गान्धीको जीवन र विरासतको उत्सव मनाउँदै दीपावलीको अवसरमा बिहीबार नयाँ स्मारक सिक्का अनावरण गरेको छ ।
सुन र चाँदीमा उपलब्ध यस विशेष सिक्कामा भारतको राष्ट्रिय फूल, कमलको चित्र र गान्धीको एउटा प्रख्यात उद्धरण ‘मेरो जीवन मेरो सन्देश हो’ भन्ने उल्लेख गरिएको छ ।
बेलायतका प्रथम हिन्दू वित्त मन्त्री ऋषि सुनकले बेलायतले गान्धीको सम्मानमा गरेको यो कामलाई ‘विश्वभरका लाखौं मानिसहरूलाई प्रेरित गर्ने प्रभावशाली नेतालाई उचित श्रद्धा’ भएको बताउनुभयो ।
“हिन्दू धर्म मान्ने भएकाले दिपावलीका बेला यो सिक्का खुलाउन पाएकोमा म गौरवान्वित छु,” सुनकले भन्नुभयो ।
विश्वभरि नागरिक अधिकार आन्दोलनका लागि चिनिने गान्धीले भारतमा बेलायती शासनविरुद्धको स्वतन्त्रता अभियानको नेतृत्व गर्नुभएको थियो । यसका कारण सन् १९४७ मा भारत स्वतन्त्रता प्राप्त गर्न सहयोग पुगेको थियो ।
बिहीबारबाट बिक्री भइरहेको ५ पाउण्डको सिक्का ‘रोयल मिन्ट’को दिवाली संकलनको ब्यापक हिस्सा हो । यो सिक्कामा धनकी हिन्दू देवी लक्ष्मीको चित्रण गरिएको सुनबार पनि समावेश छ ।
हिन्दूहरू मसीही तथा मुसलमानहरूपछि बेलायतको तेस्रो ठूलो धार्मिक समूह हुन् र यो जनसंख्याको लगभग १.६ प्रतिशत रहेको छ ।
अधिकांश बेलायती हिन्दूहरू नेपाल, भूटान, बर्मा तथा भारतीय मूलका रहेका छन् ।
सरकारी स्वामित्वमा रहेको टकसालका मुख्य ग्राहक अधिकारी निकोला हावेलले सिक्का अनावरणबारे भन्नुभयो, “महात्मा गान्धीको जीवन र विरासतको सम्झनामा पहिलो आधिकारिक बेलायती सिक्का अनावरण गर्न पाउँदा खुसी लागेको छ ।”
“यसको बनावट बेलायत र भारतबीचको स्थायी तथा सांस्कृतिक सम्बन्धमा आधारित रहेको उहाँले बताउनुभयो ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ