लन्डन । बेलायतले भारतीय स्वतन्त्रतावादी नेता महात्मा गान्धीको जीवन र विरासतको उत्सव मनाउँदै दीपावलीको अवसरमा बिहीबार नयाँ स्मारक सिक्का अनावरण गरेको छ ।
सुन र चाँदीमा उपलब्ध यस विशेष सिक्कामा भारतको राष्ट्रिय फूल, कमलको चित्र र गान्धीको एउटा प्रख्यात उद्धरण ‘मेरो जीवन मेरो सन्देश हो’ भन्ने उल्लेख गरिएको छ ।
बेलायतका प्रथम हिन्दू वित्त मन्त्री ऋषि सुनकले बेलायतले गान्धीको सम्मानमा गरेको यो कामलाई ‘विश्वभरका लाखौं मानिसहरूलाई प्रेरित गर्ने प्रभावशाली नेतालाई उचित श्रद्धा’ भएको बताउनुभयो ।
“हिन्दू धर्म मान्ने भएकाले दिपावलीका बेला यो सिक्का खुलाउन पाएकोमा म गौरवान्वित छु,” सुनकले भन्नुभयो ।
विश्वभरि नागरिक अधिकार आन्दोलनका लागि चिनिने गान्धीले भारतमा बेलायती शासनविरुद्धको स्वतन्त्रता अभियानको नेतृत्व गर्नुभएको थियो । यसका कारण सन् १९४७ मा भारत स्वतन्त्रता प्राप्त गर्न सहयोग पुगेको थियो ।
बिहीबारबाट बिक्री भइरहेको ५ पाउण्डको सिक्का ‘रोयल मिन्ट’को दिवाली संकलनको ब्यापक हिस्सा हो । यो सिक्कामा धनकी हिन्दू देवी लक्ष्मीको चित्रण गरिएको सुनबार पनि समावेश छ ।
हिन्दूहरू मसीही तथा मुसलमानहरूपछि बेलायतको तेस्रो ठूलो धार्मिक समूह हुन् र यो जनसंख्याको लगभग १.६ प्रतिशत रहेको छ ।
अधिकांश बेलायती हिन्दूहरू नेपाल, भूटान, बर्मा तथा भारतीय मूलका रहेका छन् ।
सरकारी स्वामित्वमा रहेको टकसालका मुख्य ग्राहक अधिकारी निकोला हावेलले सिक्का अनावरणबारे भन्नुभयो, “महात्मा गान्धीको जीवन र विरासतको सम्झनामा पहिलो आधिकारिक बेलायती सिक्का अनावरण गर्न पाउँदा खुसी लागेको छ ।”
“यसको बनावट बेलायत र भारतबीचको स्थायी तथा सांस्कृतिक सम्बन्धमा आधारित रहेको उहाँले बताउनुभयो ।
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण