
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके लण्डन शाखाका नवनिर्वाचित अध्यक्ष गोपाल तामाङ्गको विशेष उपस्थितिमा बीसीसी गुम्बा अल्डरसटमा विशेष पूजा सम्पन्न भएको छ ।
हिजो बुधबार, ३ नोभेम्बरका दिन अल्डरसटस्थित गुम्बामा बौद्ध परम्परामा अत्यन्त महत्व राख्ने माहाकालाको अवसरमा चोद पूजाको आयोजना गरिएको थियो ।
बिसीसी युकेका लामा गुरु खेन्पो कुन्ख्यापले बौद्ध धर्ममा माहाकाला र चोदको महत्वबारे जानकारी गराउँदै चोद पूजा गरेका थिए । सो अवसरमा नवनिर्वाचित शाखा अध्यक्ष गोपाल तामाङ्गले गुम्बाको नियमित पूजामा आफू शाखाको प्रतिनिधित्व गरेर आएको बताउँदै १०८ वटा बत्तीसमेत बालेका थिए ।
शाखा अध्यक्षमा निर्वाचित भएपछि बीसीसी युकेको गुम्बामा पहिलोपटक आएका शाखा अध्यक्ष गोपाल तामाङ्गले गुम्बाको अवलोकन गरी खेन्पो गुरु कुन्ख्यापसँग दर्शनभेट गरेका थिए ।
स्मरण रहोस्, गत अक्टोबर महिनामा सम्पन्न बीसीसी लण्डन शाखाको अविधेशनले गोपाल तामाङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन