लण्डन । २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्रविन्दुका रुपमा परिचित बारपाक गाउँको सुन्दरतालाई समेटेर बेलायतमा बसोबासरत कुल घलेले ‘आउ है साेल्टी बारपाक गावैमा’ नामक गीत ल्याएका छन् ।
बारपाक पुर्ख्यौली घर भएका पूर्व गोरखा सैनिक घलेको रचना रहेको सो कौरा गीतमा गायक चेतन गोतामे र गायिका ममता गुरुङको आवाज रहेको छ भने संगीत पनि गोतामेले नै भरेका छन् ।
बारपाकमा नै पुगेर छायाँकन गरिएको सो गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भइसकेको छ । गीतको भिडियोमा मोडल गणेशमान घले र मीरा गुरुङको अभिनय छ भने सुजन सुर्खेतीको कोरियोग्राफी रहेको छ । गायक गोतामेले नै भिडियोको पनि निर्देशन गरेका छन् भिडियो सम्पादनको कार्यभार मनोज कार्कीले तथा छायांकन दुर्गा पौडेलले सम्हालेका छन् ।
गीतमा बारपाकको वास्तविक अवस्थालाई समेट्न कोसिस गरिएको गीतकार घलेले बताए । ‘बारपाक भूकम्पको केन्द्रविन्दूका रुपमा मात्र होइन यसका अरु पहिचान पनि छन्’ भन्ने गीतमा दर्शाउन खोजिएको उनको दाबी छ । वार्पाकको पर्यटकीय, सांस्कृतिक, प्राकृतिक, सामाजिक जनजीवन तथा मायाप्रेमलाई गीतमा समेटिएको उनको भनाइ छ ।
घले बेलायतमा पनि सामाजिक कार्यमा सक्रिय छन् । उनी डार्टफोर्डस्थित ब्रिटिश गोरखा नेपाली कम्युनिटीको पनि संस्थापक अध्यक्ष हुन् भने उनले आफ्नो सामाजिक योगदानका बारेमा पुस्तक पनि प्रकाशन गरेका छन् । यसअघि पनि उनका गीतहरु सार्वजनिक भइसकेका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ