लन्डन । साउथ इष्ट लण्डन मगर महिला संघ (सेल्मा)ले देउसी भैलो मनाएको छ ।
अक्टोबर ३० का दिन आर्टिलरी ब्यारेक उलीच लण्डनमा भएको सो कार्यक्रममा देउसी भैलो मनाएका हुन् ।
कोरोना महामारीका कारण गत वर्ष देउसी भैलो मनाउन नपाए पनि यो वर्ष भने सानो समूहमा महिलाहरुले आफ्नो चाड तिहारको अवसरमा देउसी भैलो मनाएका थिए ।
सेल्माको दशौं स्थापना दिवश समेत परेकोले सेल्माका संस्थापक अध्यक्ष हेमा राना, मगर संघ प्लमस्टिड शाखाका पूर्व अध्यक्ष चन्द्र पुलामी, वर्तमान अध्यक्ष दलप्रसाद थापा र सेल्माकी अध्यक्ष लक्ष्मी थापाले केक काटेर स्थापना दिवश मनाएका थिए।
कार्यक्रममा मगर संघ प्लमस्टिड शाखाका संस्थापक अध्यक्ष तथा त्यस दिनको प्रमुख अतिथि चन्द्र पुलामी, पूर्व अध्यक्ष बिशन थापा, वर्तमान अध्यक्ष दलप्रसाद थापा, युथ कमिटीका अध्यक्ष कमल राना, सेल्माका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार देवीमाया पुन, सल्लाहकार देवी आलेले शुभकामना मन्तब्य दिएका थिए।
अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष चन्द्रकला थापाले स्वागत मन्तब्य दिएकी थिइन् भने कार्यक्रम सचिव दिलमायाँ थापाले सँचालन गरेकी थिइन् । अन्तमा अध्यक्ष लक्ष्मी थापाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै औपचारिक कार्यक्रम समापन गरेकी थिइन् ।
मगर संघ प्लमस्टिड शाखाका संस्कृति सचिव जीतबहादुर थापाको संयोजकत्वमा लाइभ देउसी भैली गीत गाइएको थियो जसमा मादलमा धन थापा, गमर थापा, जीत थापा, चित्रा राना, रेवन्तसिंह थापा, गायिकाहरु खुसीमाला पुन, जेठ पुन, अस्मिता थापा, टुकमायाँ थापा, बिरमायाँ पुन,चन्द्रकला थापा र भगवती थापाहरुले प्रत्यक्ष देउसी भैली गीत गाएर उपस्थित सबैलाई मनोरन्जन दिएका थिए।
चेलीबेटीहरुले आयोजना गरेको कार्यक्रममा प्लमस्टिडबासी दाजुभाइ दिदीबहिनीहरुले मन फुकाएर दान दिएर महिला दिदीबहिनीहरुलाई हौसला प्रदान गरेका थिए। अध्यक्ष लक्ष्मी थापाले उठेको रकम प्लमस्टिड शाखाले घर किनेमा घरमा लगानी गर्ने प्रतिवद्धता जाहेर गरेकी थिइन्।
यस कार्यक्रममा पूर्व कार्यसमितिका सदस्यहरुलाई बिदाई समेत गरिएको थियो।
मगर संघ प्लमस्टिड शाखाका तत्कालिन अध्यक्ष धनबहादुर थापाको कार्यकालमा २५ सेप्टेम्बर २०११ शाखा अन्तर्गत साउथ इष्ट लन्डन मगर महिला संघ (सेल्मा) स्थापना भएको थियो । शुरुमा श्रीमती हेमा रानाको अध्यक्षतामा मोई सँघ नामबाट संस्था खोलिएको भए पनि पछि यसको नाम परिवर्तन गरी साउथ इष्ट लन्डन मगर महिला (सेल्मा) राखिएको हो। सेल्माले पहिला माघे संक्रान्ति मनाउने गरेको थियो भने सन् २०१८ देखि देउसी भैली मनाउने गरेको छ। यसबाट महिलाहरु कार्यक्रम संचालन गर्न, भाषण गर्न सक्षम भएका छन् र दिदी बहिनीहरु आफूमा भएको कला प्रस्फुटन गरी स्टेजमा नाच्न, गाउन सक्ने र आफ्नो संस्कार संस्कृति जगेर्ना गर्न सफल भएका छन्।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन