रोम । चिकित्सकहरूले बेलायतकी ९५ वर्षीय महारानीलाई कम्तीमा पनि दुई साता आराम गर्न चिकित्सकले सल्लाह दिएको भन्ने सञ्चारमाध्यममा समाचार आएपछि प्रधानमन्त्री बोरिस जोनसनले शनिबार ‘महारानीको स्वास्थ्य अवस्था एकदमै राम्रो’ भएको शनिबार बताउनुभएको छ ।
“मैले महामहिमसँग कुरा गरें र उहाँ एकदमै राम्रो अवस्थामा हुनुहुन्छ,” प्रधानमन्त्री जोन्सनले रोमस्थित बेलायती टेलिभिजन च्यानल ४ सँग सप्ताहन्तमा जी–२० शिखर सम्मेलनका क्रममा भन्नुभयो ।
“उहाँलाई चिकित्सकको सल्लाह पालन गरेर आराम गर्न भनिएको छ मलाई लाग्छ यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । मेरो विचारमा सारा देशले उहाँलाई शुभकामना दिनेछ ।”
‘बकिङघम प्यालेसले शुक्रबार भनेको छ, “हालै ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ का लागि अस्पतालमा एक रात बिताएकी महारानीले कम्तीमा पनि अर्को दुई हप्तासम्म निको हुन चिकित्सा सल्लाह पालन गरिरहनुभएको छ ।”
उहाँले ग्लास्गोमा भएको संयुक्त राष्ट्र जलवायु सम्मेलन ( कोप–२६) मा आफ्नो उपस्थितिलाई रद्द गर्नुभएको छ । यो कदम वातावरणीय विषयहरूमा उहाँको व्यक्तिगत प्रतिबद्धतालाई ध्यानमा राख्दै अझ बढी महत्वपूर्ण मानिएका समय स्वास्थ्यका कारण उहाँको उपस्थिति रद्द भएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने