लण्डन । बेलायतको रेड लिष्टबाट सबै देशहरु हटेका छन् ।
बेलायतको यातायात मन्त्रालयका अनुसार नोभेम्बर १ देखि बेलायतको रेड लिष्टमा कुनै पनि मुलुक रहने छैनन् ।
पछिल्लो समयमा बेलायतको रेड लिष्टमा कोलम्बिया, डोमिनिक रिपब्लिक,इक्वेडोर, हाइटी, पनामा, पेरु र भेनेजुयला रहेका थिए । तर अब ती मुलुकहरु पनि रेड लिष्टबाट हटेका छन् ।
रेड लिष्टमा रहेका मुलुकहरुबाट बेलायत आउने यात्रुहरुले महंगो शुल्क तिरेर होटल क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता थियो ।
मन्त्रालयले होटल क्वारेन्टाइनको प्रावधान भने खारेज भइनसकेको प्रष्ट गरेको छ । हरेक तीन/तीन सातामा कोभिड सम्बन्धित तथ्याङ्कको पुनरावलोकन गरिने र आवश्यक परे रेड लिष्टमा पुन: राख्न सकिने बताएको छ ।
यसैगरी नेपालको कोभिड खोपलाई पनि बेलायतले नोभेम्बर १ देखि मान्यता दिने भएको छ । जसबाट दुवै डोज खोप लगाएकाहरुलाई बेलायत आएपछि १० दिन घरमै क्वारेन्टाइनमा बसिरहनु पर्ने छैन । यसैगरी, दोस्रो र आठौँ दिन पिसीआर टेष्ट गरिरहनु पर्ने अनिवार्यता पनि रहने छैन । बेलायत आएपछि दोस्रो दिनमा ल्याटरल फ्लो टेष्ट वा पीसीआर गरे तथा प्यासेन्जर लोकेटर फर्म मात्र भरे पुग्छ ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा