लण्डन । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको हिमाल आरोहणका बारेमा तयार पारिएको डकुमेन्ट्री अर्को महिना सार्वजनिक हुने भएको छ ।
‘१४ पिक्स: नथिङ इज इम्पोसिवल’ नाम दिइएको सो डकमेन्ट्री नोभेम्बर २९ का दिन नेटफ्लिक्समा हेर्न पाइनेछ ।
सो समाचारबाट आफू उत्साहित भएको र आफ्नो साहसिक यात्रामा साथ दिने सबैमा पुर्जाले धन्यवाद दिएका छन् ।
पुर्जाले सन् २०१९ मा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ६ महिनामा चढेर विश्व कीर्तिमान कायम गरेका थिए । डकुमेन्ट्री उनको सोही आरोहण यात्राका बारेमा रहेको छ ।
डकुमेन्ट्रीको निर्देशन टरक्वील जोन्सले गरेका छन् भने जोन्स र ग्याब्रियल क्लार्कको लेखन रहेको छ । डकुमेन्ट्रीको प्रोड्यूसरहरुमा ड्रयू मास्टर्स, जोन म्याकेन्ना, ब्यारी स्मिथ र क्याथ्रीन क्वान्सच्निग रहेका छन् । सम्पादन इयान ग्रेचले गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी