अध्यक्ष गाहा मगरका अनुसार घोषित रकम निकासा भएको २४ घण्टाभित्रमा नेपाल पुर्याउने र ७२ घण्टाभित्रमा सम्बन्धित पीडितहरुसम्म पुर्याउने योजना रहेको छ ।
यता बेलायतमा भने हाल दैवी प्रकोप तथा आपतकालीन नीति तर्जुमा विभागका संयोजक तथा कार्यकारी सदस्य बालकृष्ण दाहाल र कोषाध्यक्ष बिष्णु खरेलको संयोजनमा नेपालमा बाढीपीडितहरुका लागि राहत उद्दार कोष संकलन सुरु भएको छ ।
संघले यस अभियानमा सहयोग गर्न बेलायतवासी सबै नेपालीहरुलाई अपील गर्दै एनआरएनए यूकेको ‘वेलफेयर अकाउण्ट ‘NON-RESIDENT NEPALI; Sort Code: 60-01-08; Account number: 42421888 मा जम्मा गर्न अनुरोध गरेको छ ।
नेपालको पूर्वी भेगमा हालै आएको बाढी र पहिरोका कारण व्यापक धनजनको क्षति भएको छ । पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा र संखुवासभा, बझाङ लगायतका जिल्लाहरुमा पहिरोबाट दर्जनौंको ज्यान गएको छ भने सयौं घरवारविहीन भएका छन् । किसानहरुको सात अर्ब भन्दा बढी धानखेतीको सर्वनाश भएको अनुमान गरिएको छ र मुलुककै अर्थतन्त्रमा नराम्ररी धक्का पुग्ने आँकडा गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा