पहिचान पुरस्कारका लागि छानिए उत्कृष्ट पाँच पुस्तक

लण्डन । यस वर्षको पहिचान पुरस्कारका लागि उत्कृष्ट पाँच कृतिहरु छनौट सम्पन्न भएको छ ।

पुरस्कार कोषका अनुसार विसं २०७७ साउनदेखि २०७८ साउनसम्म प्रकाशित भई कोषमा प्राप्त भएको पुस्तकहरुबाट छानिएका उत्कृष्ट पाँच कृतिहरुमा श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, प्रकाश आङदेम्बेको ‘म एउटा बिहान हिँडिरहेछु’, बिना थिङको ‘याम्बुनेर’ र केदार संकेतको ‘अफगानी रणमैदान’ रहेका छन् ।

यसभन्दा अगाडी चार वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेका छन् । जसमा राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतीक्षाको ‘नथिया’ छन् ।

यस्तै लेखक खगेन्द्र संग्रौला पहिचान सम्मानबाट सम्मानित भएका छन् ।

यसपल्टको पहिचान पुरस्कारको घोषणा डिसेम्बरमा हुने कोषले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री