लण्डन । बेलायती महारानी एलिजावेथ द्वितिया उपचारका लागि अस्पतालमा एक रात बसी निवास फर्कनुभएको छ ।
९५ वर्षीया महारानी स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पताल भर्ना हुनुभएको र बिहीबार निवास फर्कनुभएको बताइएको छ तर उहाँको स्वास्थ्य समस्याका बारेमा विस्तृत केही खुलाइएको छैन । उहाँ किङ एडवार्ड सातौँ अस्पताल लण्डनमा भर्ना हुनुभएको थियो ।
राजदरबारका प्रवक्ताले प्रारम्भिक जाँचका लागि उहाँ अस्पताल भर्ना हुनुभएको र अहिले काममा फर्कनुभएको बताएका छन् ।
उहाँले चिकित्सकहरुको सल्लाहका कारण बुधबार मात्र उत्तरी आयरल्याण्डको भ्रमण रद्द गर्नुभएको थियो ।
उहाँ बितेको आठ वर्षमा पहिलोपटक अस्पतालमा रात बिताउनु भएको बताइएको छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार