काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको यही अक्टोवर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत आउने भएका छन् ।
मन्त्रिपरिषदको आज बसेको बैठकले देउवाको नेतृत्वमा ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ ।
देउवाको प्रधानमन्त्री पद सम्हालेपछिको यो पहिलो विदेश भ्रमण हो ।
देउवा विद्यार्थी कालमा लण्डनको लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्समा अध्ययन गरेका थिए ।
यस्तै बैठकले मन्त्रिपरिषद्को आज बसेको बैठकले साफ च्याम्पियनसीप प्रतियोगितमा उपविजेता भएका नेपाली फुटबल टिमका खेलाडीलाई जनही रु पाँच लाख र प्रशिक्षकलाई रु तीन लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यसैगरी बैठकले मोहम्मद जयन्ती (१४९६) का अवसरमा यही कात्तिक २ गते मुस्लिम सुमुदायलाई सार्वजनिक बिदा दिने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संंशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
अबुधाबी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृति दिने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्किंत प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्त गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा