लण्डन । गैर आवासीय नेपाली संघ युकेले संघको हिसाबकिताव तथा आर्थिक प्रशासनको निरीक्षण गर्न विधान अनुसार एक लेखा समिति गठन गरेको छ ।
समितीमा चार्टर्ड एकाउन्टेन्ट राजेन्द्र सुबेदी संयोजक रहेका छन् भने सदस्यमा भर्खरै सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उपविजेता दिपक श्रेष्ठ, एनआरएनए युके राज्य समन्वय परिषद स्कटल्याण्डकी कोषाध्यक्ष तथा लेखा व्यवसायी शर्मिला भण्डारी सदस्य तथा कोषाध्यक्ष विष्णु खरेल सदस्य सचिव रहेका छन् । पाँच सदस्यीय समितिमा सल्लाहकार तथा संरक्षक मध्यबाट मनोनित गर्नु पर्ने एक सदस्य भने पछि थप गरिने बताइएको छ ।
गैर आवासीय नेपाली संघ युकेको विधानको धारा ३३.६ मा गैर आवासीय नेपाली संघ युकेको आर्थिक गतिविधिको अध्ययन तथा अनुगमन गर्न नयाँ नेतृत्व निर्वाचित भएको तीन महिना भित्र लेखा समिती गठन गर्नु पर्ने प्रावधान रहेको छ । समितिमा लेखा विज्ञ एक, महिला एक, संरक्षक तथा सल्लाहकार मध्येबाट एक मनोनित गरिने तथा कोषाध्यक्ष समितिको सदस्य सचिव हुने व्यवस्था छ । जस अनुसार लेखा विज्ञको रुपमा सिए राजेन्द्र सुबेदी, महिलाबाट शर्मिला भण्डारी, अध्यक्षका उम्मेदवार मध्येबाट दिपक श्रेष्ठलाई मनोनित गरिएको छ भने सल्लाहकार तथा संरक्षकको मनोनयन नभै सकेकोले एकजना सदस्यको मनोनयन पछि गरिने भएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा