संसारभरका धादिङवासीलाई संगठित गर्ने खकुरालको योजना

लण्डन । अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा निर्वाचित भएका राजन खकुरालले संसारभर बसोबास गर्ने धादिङवासीलाई एकै छाता मुनी योजना बनाएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि कुराकानी गर्नै उनले र नेपालभित्र र बाहिर रहेका उनीहरुको हितको संरक्षण र प्रवर्द्धन गर्ने साथै उनीहरुको क्षमता र स्रोतहरुको उपयोग धादिङको हितमा लगाउने बताए । यसबाहेक राष्ट्रिय समन्वय परिषदहरुसंग समन्वय तथा सहकार्य गर्ने, नेपाल सरकार तथा गैर आवासीय नेपाली संघसँग समन्वय तथा सहकार्य गर्ने, राष्ट्रिय समन्वय परिषदहरुहरुको संख्या बढाउने पनि उनले आफ्नो कार्यकालमा योजना बुनेका छन् ।

गत साता सम्पन्न महाधिवेसनले खकुरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो। समाजको वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ(नेपाल),  प्रथम उपाध्यक्षमा काशी दनै(बेल्जियम), द्वितीय उपाध्यक्षमा सविन थपलिया (अस्ट्रेलिया), महासचिव राजेन्द्र श्रेष्ठ(जापान), सचिवमा राजेन्द्र थपलिया(दक्षिण कोरिया),  सचिवमा बाबुकाजी भण्डारी(जापान), कोषाध्यक्षमा भगवती उप्रेती(नेपाल) र सहकोषाध्यक्षमा रामकुमार थापा(नेपाल) निर्वाचिन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा निरु त्रिपाठी(अस्ट्रेलिया), शरद शर्मा दाहाल(अस्ट्रेलिया), दिपेश सिंखडा(अस्ट्रेलिया), रामबाबु दनै(जापान), राजेश्वर बस्नेत(जापान), सुजता दुवाडी(जापान), महिन्दो वाईवा(बेल्जियम), विशाल तिवारी(बेल्जियम), मान बहादुर श्रेष्ठ (भारत), भिशेष लोहनी (फिनल्याण्ड) र प्रमिला धमला बन्जरा (संयुक्त राज्य अमेरिका)निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक लोकप्रसाद दाहाल(बेल्जियम) थिए भने सह-संयोजक भुवन गुरुङ (नेपाल), सदस्यसचिव  पुन्य रेग्मी (बेलायत), सदस्य प्रकाश धमला (साउथ कोरिया), सदस्य राजकुमार अधिकारी (जापान) तथा मुख्य सल्लाहकारहरु किरण अधिकारी(अस्ट्रेलिया) र कृष्ण तिमल्सेना (बेलायत) थिए।

यसैगरी बिधान संसोधन समितिमा संयोजक रामशरण सिम्खडा (बेलायत) थिए भने सदस्यमा सचिव डा प्रताप छत्कुली(नेपाल) र सदस्य बाल कृष्ण श्रेष्ठ (फिनल्याण्ड) तथा  सल्लाहकार दिवाकर पाण्डे (अमेरिका) थिए।

निवर्तमान अध्यक्ष नानुकाजी अर्यालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा संघीय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्य रहेको थियो।अधिवेशनमा प्रदेश सांसद जगत सिंखडा,नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना,एनआरएनए अध्यक्ष कुमार पन्त, एनआरएनए आईसीसी सह कोषाध्यक्ष लोक प्रसाद दाहाल एनआरएनएका सल्लाहकार कुल आचार्य, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य,जिल्ला समन्वय समितिका उपप्रमुख बिन्दा बरामुको विशेष आतिथ्य रहेको थियो । यसैगरी धादिङका १३ वटै स्थानिय तहका प्रमुखहरु,नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्मा,स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेल,जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवन झा लगायत सरोकारवाला निकायहरुको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री