लण्डन । कोभिड महामारीका कारण बेलायतमा लामो समयदेखि हुन नसकेको नेपाली कलाकारहरुको सांगीतिक कार्यक्रम आगामी महिनादेखि सुचारु हुने भएको छ ।
नेपालका चर्चित गायकहरुको प्रस्तुतिमा नोभेम्बर १२ तारिख शुक्रबार साँझ अल्डरसटमा एचके नाइट २०२१ को तयारी गरिएको छ ।
एचके युथ नेप्लिज एशोसिएसनको आयोजना रहने उक्त इभेन्टमा लोकप्रियक गायक राजु लामा, सञ्जीव प्रधान र आइएम गोलेको विशेष प्रस्तुति रहनेछ । त्यस अवसरमा बेलायतस्थित दाजुभाइ ब्याण्ड र सिक्का ब्याण्डले पनि प्रस्तुति दिनेछन् । एम्पायर हलमा हुने कार्यक्रम सकिएपछि अल्डरसटकै प्यालेसमा तय आफ्टर पार्टीमा डिजे एसकाजीले नचाउनेछन् ।
कार्यक्रमको सञ्चालन बेलायतका दुई नेपाली सुन्दरीहरुले गर्नेछन् । मिस इंग्ल्याण्डकी सेकेण्ड रनर अप प्रतिष्ठा राउत र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ कार्यक्रमका होस्ट रहनेछन् ।
कार्यक्रमको आयोजक एचके युथ नेप्लिज एशोसिएसनका अनुसार बेलुका सात बजेबाट मध्यरातसम्म कन्सर्ट चल्नेछ । त्यसपछि शुरु हुने आफ्टर पार्टी बिहान तीन बजे सकिनेछ ।
कार्यक्रम हेर्न अग्रीम टिकट लिंदा २५ पाउण्ड पर्नेछ ।
कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेज छ । हरेक टिकटमा वाटरमेलन मोर्गेजेजको सेवामा २५ प्रतिशत छुट समावेश रहने बताइएको छ । त्यस्तै, टिकट प्रायोजक मम स्टेसनमा पनि १० प्रतिशत छुट उपलब्ध हुनेछ ।
कार्यक्रमलाई बेलायतस्थित दर्जनौं व्यवसाय, व्यवसायी तथा एनआरएनए अभियन्ताहरुले प्रायोजन तथा सहप्रायोजन गरेका छन् ।
कार्यक्रम विशुद्ध सांगीतिक र मनोरञ्जनत्मक रहने भन्दै आयोजकले बेलायतवासी सबै नेपालीहरुलाई उपस्थितिको लागि अपिल गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा