शुक्रबार, कार्तिक ५ २०७८ | Fri, October 22, 2021
नेपालको समय: ०३:३८ | UK Time: 22:53

कँडेल ग्रुपको उलविच लेट नाइट फार्मेसीलाई ‘फार्मेसी अवार्ड’

वीनेपाली
२०७८ असोज २६ गते १४:३७

लण्डन । द कँडेल ग्रुपद्वारा सन्चालित उलीच लण्डनमा रहेको लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ ।

सो फार्मेसीले फार्मेसी इनोभेसन क्याटेगोरीअन्तर्गत अवार्ड जित्न सफल भएको हो ।

उलविच लेट नाइट फार्मेसीकी सिनियर क्लिनिकल फर्मासिष्ट शोभा शर्मा कँडेल र र सुपरीडेण्डेन्ट जिगनेश मेहताले संयुक्त रुपमा सो अवार्ड लिएका थिए ।

युकेमा सन्चालित १२ वटा कम शाखा भएका साना तथा स्वतन्त्र फार्मेसीहरुले गरेको कामको आधारमा यो अवार्ड दिइने गरिन्छ । उक्त अवार्डका लागि उलविच लेट नाइट फार्मेसी छनोट हुनु नै गर्वको कुरा भएको द कँडेल ग्रुपका म्यानेजिङ डाइरेक्टर राजन कँडेल बताउँछन् ।

फार्मेसीका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले भने, “यो अवार्ड पाउँदा अन्यन्त खुसी भएका छौँ । यो फार्मेसी टिमले गरेको कडा मेहनतको नतिजा नै हो । हामीले भर्खरै हाम्रो चौथो फार्मेसी लण्डनमा विस्तार गरेका छौँ । यो अवार्डले स्थानीय समुदायको सहयोग गर्न थप प्रोत्साहन गरेको छ । उलविच लेट नाइट फार्मेसीले गरेको कामको कदर गर्दै अवार्डबाट सम्मानित गरेकोमा धन्यवाद दिन चाहन्छु ।”

उनले अगाडि भनेका छन्, “यस वर्षको अवार्डले कोरोना महामारीका बेला एनएचएसमा रहेका फार्मेसीले गरेको भूमिकालाई समेत प्रष्ट पारेको छ ।”

यो सफलतासँगै द कँडेल ग्रुपले फार्मेसी सेवा नेपालमा पनि विस्तार गर्ने योजना बनाएको र स्थानिय समुदायलाई कसरी सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल उनले बताए ।

उक्त अवार्डबारे उद्योग विशेषज्ञहरुको एक प्यानेलले युकेको संसदमा छलफल गरी निर्णय गरेका थिए । उक्त छलफलका प्रमुख वक्तामा कम्युनिटी फार्मेसी स्कटल्याण्डका प्रमुख कार्यकारी  ह्यारी म्याकक्युलान रहेका थिए । उनले फार्मेसिष्टहरुले महामारीका बीच पनि विभिन्न चुनौतीसँग सामना गरी व्यवसायिक धर्म निभाएको भूमिकाबारे चर्चा गरेका थिए ।

अन्य प्रतिष्ठित अतिथिहरुको पनि उपस्थिति रहेको थियो । जसमध्ये एलायन्स हेल्थ केयर, जसले फार्मेसी इनोभेसन अवार्डको प्रायोजन गरेको थियो । उक्त अवार्डले फार्मेसी बिजनेशलाई थप प्रोत्साहन पुर्याउने काम गरेको छ ।

कोरोना महामारीका समयमा पनि तीन नयाँ सर्भिस (प्राइभेट कोभिड पिसिआर जाँच सर्भिस, एनएसएस होटेल क्वारेन्टाइन र एनएचएस कोभिड भ्याक्सिनेशन क्लिनिक) उपलब्ध गराएको उलविच फार्मेसीलाई निर्णायकहरुले अवार्डका लागि छनोट गरेका थिए । हालसम्म उलविच फार्मेसीले ३५ हजारभन्दा बढीलाई अष्ट्राजेनका, मोर्डना र फाइजर लगाएको छ ।

निर्णायकहरुले मुख्य रुपमा होटेल क्वारेटाइन सुविधाबारे चासो देखाएका थिए जसमा फार्मेसी, ग्रिनविच सिसिजि र स्थानीय जिपीको सहकार्यमा गरिएको प्रयास रहेको थियो । उलविच लेट नाइट फार्मेसीले उक्त कठिन समयमा पनि बिरामीहरुलाई औषधि सप्लाई गर्ने काम गरेका थियो जसमा ६०० जना अफगानिस्तानी शरणार्थीहरु पनि रहेका थिए जसलाई औषधि र आवश्यक सप्लाईहरु तत्काल चाहिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक