लण्डन । नेपाल फर्कन लाग्नुभएको बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बिदाइ गरेको छ ।
विहीबार साँझ गेसो केन्द्रीय कार्यालय अल्डरसटमा एक कार्यक्रमको आयोजना गरी गेसोले राजदुत रेग्मीलाई बिदाइ गरेको हो ।
गेसो सभापति कृष्णकुमार राईको अध्यक्षता र केन्द्रीय सदस्य बसुन्धरा राईको संचालनमा भएको सो कार्यक्रममा सभापति राईले गोरखा समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकारबीच गोरखाहरुको उपस्थितिमा हुन गइरहेको वार्ताका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो ।
यसैगरी राजदुत रेग्मीले सम्बोधनका क्रममा वार्ताका लागि गठन भएको निर्देशक कमिटी नै वार्ताको लागि सर्वोच्च निकाय भएको र त्यसबाट कोही पनि दायाँ बायाँ हुन नपाउने बताउनुभयो । सबैले गोरखाहरुको एकतालाई स्वीकार गरिसकेकोले एकताबाट नै सबै कुरा राम्रो हुनेमा उहाँले विश्वास ब्यक्त गर्नु भयो।
सो अवसरमा उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदार लगायतको पनि उपस्थिति रहेको थियो ।
राजदुत रेग्मी यसै महिना नेपाल फर्कंदै हुनुहुन्छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार