बेनी। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएको पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक धौलागिरि हिमाल सफल आरोहण गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना निवासी सेवानिवृत बेलायती सैनिकसमेत रहनुभएका उहाँले आज बिहान उक्त हिमाल आरोहण गर्नुभएको हो ।
प्रतिकूल मौसममा पनि आरोहण सफल भएको पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको भिडियो सामग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ । “हाम्रो टोलीका सबैले आरोहण गरेका छन्, हामी शिखरबाट पनि सुरक्षितरुपमै फर्कन सक्छौँ भन्ने विश्वास छ”, स्टाटसमा उल्लेख छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णबाट विश्व कीर्तिमानीको अभियान सुरु गर्नुभएका उहाँले म्याग्दीमै रहेको सातौँ अग्लो धौलागिरि हिमालको (८१६७ मिटर) आरोहण गर्ने पहिलो म्याग्देलीको किर्तिमानी कायम गर्नुभएको थियो ।
धौलागिरिमा बिना अक्सिजन आरोहण गर्नुभएका पुर्जाले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथो अग्लो शिशापाङ्मा ९८०२७ मि० हिमाल आरोहण गरी कीर्तिमानी कायम गर्नुभएको थियो । पुर्जाले आरोहण गर्नुभएका १४ अग्ला हिमालमध्ये आठवटा नेपालमै पर्छ । आरोहणका क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभर चर्चा कमाउनुभएका उहाँका नाममा करिब आरोहणको क्षेत्रका आधा दर्जन कीर्तिमानी छन् ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश