लण्डन । बेलायतले यात्राको रातो सूचीबाट नेपाललाई हटाएको छ ।
बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको ट्वीटर मार्फत सार्वजनिक गरेका छन् ।
बेलायत सरकारको सो निर्णय सोमबार अक्टोवर ११ बिहानदेखि लागू हुनेछ ।
अब बेलायतको रातो सूचीमा पेरु, इक्वेडोर, कोलम्बिया, पनामा, हाइटी, भेनेजुयला र डोमिनिक रिपब्लिक मात्र बाँकी छन् ।
बेलायतले रातो सूचीमा राखेका मुलुकहरुबाट सबैलाई बेलायतमा यात्रा गर्न दिइएको छैन । बेलायती नागरिक वा बेलायतमा बसोबासको अधिकार पाएकाहरुलाई मात्र बेलायतमा आउन दिइएको छ । यसरी आउँदा पनि १० दिन सरकारले तोकिदिएको होटलमा क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । जसको मूल्य प्रतिव्यक्ति २ हजार २८५ पाउण्ड छ ।
नेपाललाई रातो सूचीमा राख्नपर्ने कुनै कारण नरहेको भन्दै सो सूचीबाट हटाउन बेलायतमा रहेका नेपाली समुदायलगायतले बेलायत सरकारलाई दबाब दिएको थियो ।
दशैँको मुखमा बेलायतले नेपाललाई रातो सूचीबाट हटाएकाले बेलायतबासी नेपालीहरुले आफन्त भेटघाटमा राहतको अनुभव गरेका छन् ।
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन