कर्णाली। कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ ।
बेलायती सांसदसमेत रहेकी विशेषदूत ग्रान्ट र मुख्यमन्त्री शाहीबीच आज भएको भेटवार्तामा कर्णालीको बालिका शिक्षा र महिला सशक्तिकरणका विषयमा छलफल भएको भएको थियो । सोही क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको शिक्षा र स्वास्थ्यका साथै विकासमा बेलायती सरकारको सहयोग रहेको र अगामी दिनमा पनि जारी रहने बताउनुभयो ।
विशेष दूत ग्रान्टले कर्णाली प्रदेशको समग्र विकासमा आफ्नो सहयोग रहने जानकारी दिनुभयो । सो अवसरमा मुख्यमन्त्री शाहीसँग बेलायती दुतावासका विकास निर्देशक नाथानेल बेभेन, (एफसिडिओ)का दक्षिण एशिया बालिका शिक्षा सल्लाहकार इयान एटफिल्ड, बेलायती दुतावासअन्तरगत रहेको सुसंगतता एकाई (कोहरेन्स युनिट)का कर्णाली तथा सुदुरपश्चिम प्रदेश प्रमुख पदम विश्वकर्मालगायतको सहभागिता रहेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा