एनआरएनए यूकेको कार्यालय शेष घलेले उद्घाटन गर्ने

लण्डन ।  गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायत (एनसीसी यूके) को नयाँ कार्यालयको उद्घाटन संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले गर्ने भएका छन् ।
अल्डरसटमा स्थापना गरिएको नयाँ कार्यालयको उद्घाटन यही अक्टोबर १० आइतबार हुँदैछ । बिहान ११ बजे विशेष समारोहबीच घलेले कार्यालयको उदघाटन गर्ने एनसीसी यूकेका महासचिव खुशी लिम्बुले जानकारी दिए ।
गैर-आवासीय नेपाली संघको स्थापना दिवसको अवसर पारेर एनसीसी यूकेले कार्यालय उदघाटन गर्न लागेको हो । प्रत्येक वर्ष अक्टोबर ११ मा एनआरएन डे मनाउने गरिन्छ ।

उद्घाटन कार्यक्रममा यूकेका संस्थापक पदाधिकारी तथा समाजका अगुवाहरुको उपस्थिति रहने महासचिव खुशी लिम्बुले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री