लण्डन । बुद्ध फाउण्डेसन युकेले नेपालको राहदानी तथा नोटमा गौतम बुद्धको तस्वीर राख्न माग गर्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीमार्फत नेपाल सरकारलाई बुझाइएको सो ज्ञापन पत्रमा नेपालको राहदानीमा गौतम बुद्ध तथा लुम्बिनीका तस्वीरहरु समावेश गर्न माग गरिएको छ भने बुद्धका भनाइहरु समेट्न पनि अनुरोध गरिएको छ ।
फाउण्डेसनले बेलायतमा बुद्धको सन्देश, उनको जन्मस्थल र नेपालको प्रचारप्रसार गरिररहेको जानकारी गराउँदै यस्ता कार्यमा सहयोगका लागि नेपाल सरकारसित आग्रह पनि गरेको छ ।
लुम्बिनी क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने सहयोगका लागि पहल गरिदिन पनि फाउण्डेसनले माग गरेको छ ।
फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले सो ज्ञापन पत्र बुझाएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा