लण्डन । बुद्ध फाउण्डेसन युकेले नेपालको राहदानी तथा नोटमा गौतम बुद्धको तस्वीर राख्न माग गर्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीमार्फत नेपाल सरकारलाई बुझाइएको सो ज्ञापन पत्रमा नेपालको राहदानीमा गौतम बुद्ध तथा लुम्बिनीका तस्वीरहरु समावेश गर्न माग गरिएको छ भने बुद्धका भनाइहरु समेट्न पनि अनुरोध गरिएको छ ।
फाउण्डेसनले बेलायतमा बुद्धको सन्देश, उनको जन्मस्थल र नेपालको प्रचारप्रसार गरिररहेको जानकारी गराउँदै यस्ता कार्यमा सहयोगका लागि नेपाल सरकारसित आग्रह पनि गरेको छ ।
लुम्बिनी क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने सहयोगका लागि पहल गरिदिन पनि फाउण्डेसनले माग गरेको छ ।
फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले सो ज्ञापन पत्र बुझाएको थियो ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश