लन्डन । विश्व नेपाली साहित्य समाज पश्चिम युके शाखा र विश्व नेपाली साहित्य समाज दक्षिण युके शाखाको संयुक्त आयोजनामा युद्ध साहित्य गोष्ठी हुने भएको छ ।
गत १८ सेप्टेम्बर २०२१ का दिन भर्चुअल जुममार्फत बसेको यी दुई संस्थाको बैठकले सो निर्णय गरेको हो।
बेलायतमा रिमेम्वरेन्स डे अर्थात पप्पी डे पनि भनेर जानिने दिवसको अवसर पारेर आयोजना हुन गइरहेको कार्यक्रमको प्रमुख संयोजक विजय हितानलाई तोकिएको छ । मुख्यत विगतका युद्धहरुमा सहादत प्राप्त गरेका सैनिकलाइ श्रद्धान्जलि अर्पण गर्दै युद्ध सृजनाहरु वाचन गरेर यो कार्यक्रम गरिनेछ । यस कार्यक्रम शनिबार १३ र आइतवार १४ नोभेम्बरका दिन दिनको १ देखि ३ बजेसम्म भर्चुअल जूममार्फत गरिने योजना छ ।
युद्ध साहित्यलाई प्रवर्धन गर्ने मुख्य उदेश्य रहेको यस कार्यक्रममा बृटिश गोर्खा पल्टन, इन्डियन गोर्खा पल्टन, सिंगापुर पुलिस, गोर्खा रिजर्भ यूनिट ब्रुनाई, नेपाली सेना, नेपाली पुलिसलाई पनि सहभागिताको लागि सम्पर्क गरिनेछ । सिर्जना वाचनका साथसाथै युद्ध साहित्य उपर परिचर्चा पनि गरिने हुँदा यस विषयका अध्येता र अभियन्तालाई प्रमुख वक्ताको रुपमा निम्त्याउने पनि आयोजकले निर्णय गरेको छ ।
युद्ध साहित्यमा कलम चलाउने देश विदेशमा रहनु भएका सर्जक साथै निवृत तथा सेवारत सैनिक र तिनका परिवारलाई कार्यक्रममा जोडिन आयोजकले अनुरोध गरेका छन् । यो कार्यक्रमको प्रथम दिन बेलायत र नेपालका स्रस्टालाई र दोस्रो दिन भारत र अन्य मुलुकका स्रष्टालाई मन्च दिइनेछ ।
स्मरण रहोस्, प्रथमपल्ट गत वर्ष यस्तै बृहत युद्ध साहित्य गोष्ठीको आयोजना गरिएको थियो । त्यसको अपार सफलतापस्चात यो दोस्रो गोष्ठी पनि गर्न लागिएको हो ।
यसपल्ट १३ जना गोर्खा भिसीको सम्झनामा यो आयोजना हुने भएकाले भिसीका आफन्तलाई कार्यक्रममा विशेष अतिथिको रूपमा निम्नत्रणा गरिने बताइएको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक