लण्डन । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’का कार्यकारी अध्यक्ष राजन कँडेल बेलायतको उत्कृष्टमध्येको एक शैक्षिक संस्था ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा नियुक्त भएका छन् ।
सो स्कुल १९५४ देखि बेलायतको साउथ इस्ट लण्डनमा सन्चालन हुँदै आएको छ ।
न्यूस्टेड स्कुल लण्डनमा रहेका स्कुलहरुमध्ये उत्कृष्ट ११ मा पर्न सफल शैक्षिक संस्था हो । यस स्कुलले ११ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । यस स्कुल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभाशाली बालबालिकाहरुको आवश्यकताहरुलाई पूरा गर्नको लागि प्रख्यात छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा लगानी गर्दै आएका कँडेललाई प्रतिष्ठित स्कुलले अभिभावक संघको अध्यक्षमा नियुक्त गरेको हो ।
अभिभावक संघको अध्यक्षमा नियुक्त भएपछि कँडेलले आफू सम्मानित भएको महशुस गर्दै खुसी व्यक्त गरेका छन् । ‘एक उच्च शैक्षिक संस्थाले अभिभावक संघको अध्यक्षमा नियुक्त गरेकोमा मलाई सम्मानित महशुस भएको छ । विश्वस्तरिय शिक्षा प्रदान गरिरहेको शैक्षिक संस्थासँग काम गर्न पाउनु मेरो लागि सौभाग्य हो ।’ उनले भने, ‘मलाई आशा छ, स्कुल, सरोकारवाल निकाय तथा सम्पूर्ण अभिभावकहरुको सहयोग तथा समर्थनमा यस शैक्षिक संस्थालाई थप उचाईमा पुर्याउन सकिन्छ । साथै न्युस्टेड वुड स्कूलको आफ्नै आधारभूत मान्यताहरु छन्, ती मूल्य मान्यताहरुलाई मैले संचालन गर्दै आएको शैक्षिक संस्थाहरुमा पनि कार्यान्वयन गर्न सघाउने विश्वास लिएको छु ।’
कँडेलले हालसालै नेपालमा दुई शैक्षिक संस्थाहरुको स्वामित्व ग्रहण गरेका छन् । उनले बुटवलस्थित नमस्ते एकेडेमी तथा चितवनस्थित मदरल्याण्ड स्कुलको स्वामित्व लिएका हुन् । यी दुवै संस्थाहरु ब्रिटिश एजुकेशन ग्रुपको एक हिस्सा बन्ने कँडेलको भनाई छ । न्यूस्टेडसँगको आबद्धताले नेपालमा पनि सोही प्रकारको शैक्षिक संस्कारको स्थापना गर्न सकिने कँडेलको विश्वास छ ।
द ब्रिटिस एजुकेशन ग्रुपले नेपालसहित, दुबई तथा बेलायतमा पनि शैक्षिक संस्थाहरु संचालन गर्दै आएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा